युरो २०२० मा क्रिस्टियानो रोनाल्डोले रचेका ५ नया रेकर्ड !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। यसपटक को युरोकपको सुरुवात देखिकै घटनाक्रम र खेलहरुलाइ हेर्दा, अरु बेला भन्दा रोमाञ्चक र आकर्षित भएको कुरा हामीले देखेका छौ।

टर्की, फ्रान्स जस्ता प्रतियोगिता अगाबै राम्रो प्रदर्शन गर्ने टोलिमा देखिएका टोलीले विश्व फुटबल तथा समर्थकको आशालाई पुरा गर्न सकेनन भने स्विट्जर्ल्याण्ड, डेनमार्क, इटाली जस्ता टोलिहरुले सोचेको भन्दा राम्रो प्रदर्शन गरेको पाइयो।

पूर्व बिजेता पोर्चुगलले पनि समर्थकको आशामा खडा हुन सकेन। कवाटर फाइनल अन्तर्गत बेल्जियम संग भएको भेटमा १-० को पराजय भोग्दै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो। कवाटर फाइनल बाटै बाहिरीए पनि, पोर्चुगलका कप्तान तथा विश्वका उत्कृष्ट खेलाडीको पंक्तिको पहिलो नम्बरमा आउने क्रिस्टियानो रोनाल्डोले निकै रेकर्डहरु बनाए।

रोनाल्डोले युरो २०२० मा बनाएका पाच नया रेकर्ड :

– अन्तर्राष्ट्रिय गोलकर्ताको सुचीमा अल दएईसंग बराबरी गर्दै पहिलो नम्बरमा। दुवै खेलाडीले १०९ गोल गरेका छन्।
– युरो कपको उच्च स्कोरर बन्ने क्रममा फ्रान्सका प्लाटीनिलाइ पछि पार्दै युरो कपमा सर्बाधिक गोल गर्ने खेलाडी बन्न सफल।
– युरो खेलमा सबै भन्दा धेरै जित दर्ता गर्ने खेलाडी, उनले फेब्रिगास ( ११ जित ) र आन्द्रेस इनिएस्टा (११ ) लाइ पछि पारेका हुन्।

Ronaldo in Euro Cup 2020

– जर्मनीबिरुद्दको खेलमा दुइ गोल गरेका रोनाल्डो, चार वटा युरोमध्ये हरेक युरोमा एक एक ब्रेस दर्ता गर्ने पहिला खेलाडी भए।
– २०२० को युरो खेलेका रोनाल्डो, युरो च्याम्पियन्समा सबै भन्दा धेरै सहभागिता जनाउने खेलाडी बने।

Portugal vs France

यस बाहेक, २०२० मा पाच गोल गर्दै १ एसिस्ट दिएका रोनाल्डोले गोल्डेन बुट पनि हासिल गरे। अन्तर्राष्ट्रिय प्रतियोगिताहरु सकिए संगै अब विश्वभरका विभिन्न लिग हरु सुरु हुदै छन्, युभेण्टस संग अनुबन्धित रहेका रोनाल्डोको क्लब छोड्ने कुरा भने चालिने रहेको छ तर आधिकारिक जानकारी भने केहि पनि आएको छैन।

Leave a Reply

Next Post

बिस्वचार्चित नामहरुलाइ पछि पार्दै, कुशल भुर्तेल टि-२० बरियताको ५९ औ स्थानमा !!

Wed Jul 14 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। आज सार्बजनिक भएको टि-२० बरियता अनुसार कुशल भुर्तेल ६० औ स्थानबाट ५९ औ स्थानमा उकलिएका छन्। आज अन्तर्राष्ट्रिय क्रिकेट परिषदले राष्ट्रहरुको तथा खेलाडीहरुको बरियता सार्बजानिक गरेको छ। राष्ट्रहरुको बरियता अनुसार, नेपाल टि-२० को १३ औ स्थानमा परेको छ भने एकदिवसीय अन्तर्गत १६ औ स्थानमा परेको छ। […]
%d bloggers like this: