युवा खेलाडी रोहित पौडेलको शानदार प्रदर्शन, पिएनजीलाई मध्यम स्कोरको चुनौती

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं। अहिले हुँदै गरेको पपुवा न्युगिनी विरुद्धको दोश्रो एक दिवसीय खेलमा नेपालले पीएनजीलाई २३४ रनको विजयी लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो।

मध्यम स्कोर खडा गर्ने क्रममा नेपालका मध्यक्रमका युवा ब्याट्सम्यान रोहित पौडेलले उत्कृष्ट पारी खेलेका थिए।

१२३ बलको सामना गरेका पौडेलले दुई चौका र ३ छक्काको मद्दतले ८६ रन जोडे भने कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा ४५ रनको पारी खेलेका थिए।

यस्तै तल्लो क्रममा ब्याटिङ गर्न आएका करण केसीले २६ बलमा २ चौका र चार छक्काको मद्दतले ४२ रनको आक्रामक पारी खेल्दै नेपाललाई मध्यम स्कोर तर्फ धकेलेका थिए।

नेपालको ओपनिङ जोडी भने एकपटक पुनः विफल भएको छ।

पहिलो इनिङमा ब्याटिङ गर्न आएका कुसल भुर्तेल र आशिफ शेखले समान ३-३ रनको स्कोरमा पेवेलियन फर्किएका थिए।

विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले ३६ बलमा १७ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाए।

पपुवान्युगिनी तर्फ भने चाड सोपरले सर्वाधिक 3 विकेट लिए भने कबुवा मोरिया र नर्मन भनुवाले समान २-२ विकेट आफ्नो नाममा गर्न सफल भए।

 

Leave a Reply

Next Post

इपिएल टिम विश्लेषण: कस्तो छ त काठमाण्डौ किंग्स ११ को टोलि?

Sat Sep 11 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिगमा पछिल्लो सिजन दोस्रो क्वालिफायरमा पुगेर निराश बनेको काठमाडौँ किङ्स ११ यसपाली फरक मुद्रामा देखिन्छ। केही नयाँ र केही सुप्रसिद्ध हस्तीहरुलाई यसपाली आफ्नो टिममा सामेल गरेको काठमाडौँ, प्रतियोगिताको सम्भवत सबैभन्दा सन्तुलित टिम रहेको छ। एभरेष्ट प्रिमियर लिगको पहिलो संस्करणको कलर्स एक्स फ्याक्टरलाई प्रतिस्थापन गर्दै […]
%d bloggers like this: