यु – १८ महिला साफ च्याम्पियनशिप: नेपाली टोलि अंकबिहिन

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपको अन्तिम खेलमा पनि बंगलादेश विरुद्ध पराजित हुँदै नेपाली राष्ट्रिय महिला टोलि अंकबिहीन रहँदै घर फर्कने भएको छ।

भारतको जमसेदपुर स्थित जेआरडी टाटा कम्प्लेक्समा बुधबार भएको खेलको चौथो मिनेटमा अमिशा कार्कीले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाइन्।

तर, त्यो अग्रतालाई नेपालले दोस्रो हाफमा जोगाउन नसक्दा लगातार चौथो हार बेहोर्दै नेपाली टोलि प्रतियोगिताबाट बाहिरिएको छ।

६८औं मिनेटमा सामसुननाहारले बंगलादेशका लागि बराबरी गोल फर्काइन्। ८४औं मिनेटमा साहादा अख्तर रिपाल गोल गर्दै बंगलादेशलाई २–१ को पूनरागमन जित दिलाइन्।

यो जितसँगै बंगलादेश उपाधि होडमा रहँदा नेपाल भने अंकविहीन हुँदै च्याम्पियनसिपबाट घर फर्किएको छ।

नेपाल प्रतियोगितामा चार खेल खेल्दा कुनैमा पनि राम्रो नतिजा निकाल्न सकेन र अंक विहीन बन्न पुग्यो। नेपालले प्रतियोगितामा चार खेल खेल्दा १८ गोल बेहोर्दा ४ गोल मात्रै गर्न सफल बनेको छ।

३ देश सम्मिलित यस प्रतियोगितामा नेपालले दोहोरो राउण्ड रोबिनका आधारमा बंगलादेश र भारत संग प्रतिस्पर्धा गरेको थियो।

उद्घाटन खेलमा भारत विरुद्ध ७-० को फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा डिफेन्डिंग च्याम्पियन बंगलादेश विरुद्ध ४-२ ले स्तब्द बनेको थियो।

समुह चरणको दोस्रो राउण्डमा भारत विरुद्ध फेरी ५-१ को फराकिलो नतिजा बेहोर्दा नेपाल उपाधि होडबाट बाहिरिएको थियो।

अपराजित रहेको भारतको ३ खेलबाट ९ अंक छ । बंगलादेशको ३ खेलबाट १ हार र २ जित संगै ६ अंक रहेको छ।

समुह चरणको अन्तिम खेलमा अब भारत र बंगलादेश भिड्ने छन्। बंगलादेशलाई भने उपाधि जोगाउन भारत विरुद्ध शत प्रतिशत जित आवश्यक छ भने गोलकमो आंकडामा पनि ध्यान दिनुपर्ने रहेको छ।

बंगलादेशलाई लगातार तेस्रोपटक च्याम्पियन बन्न अन्तिम खेलमा कम्तीमा पनि २–० भन्दा बढीको जित निकाल्नुपर्ने हुन्छ। भारतलाई भने च्याम्पियन बन्न बराबरी नै पर्याप्त हुनेछ।

 

 

Leave a Reply

Next Post

गाभी र अराउजोद्वारा बार्सिलोनाको नयाँ सम्झौता अस्वीकार

Thu Mar 24 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका युवा खेलाडीद्वय गाभी र अराउजो दुबै खेलाडीहरूले, क्लबबाट नयाँ सम्झौताको पछिल्लो सम्बन्धित प्रस्तावहरू अस्वीकार गरेका छन्। बार्सिलोनाले अघिल्लो प्रस्तावहरूको तुलनामा गाभि र अराउजोलाई सुधारिएको सर्तहरू प्रस्ताब गरेको थियो। अन्य सम्झौता वार्ताहरू जस्तै, बार्सिलोनाका दुवै खेलाडीहरूलाई प्रारम्भिक प्रस्तावहरू गरेको थियो जुन दुवै पक्षले नकारेका थिए। सर्गी […]
%d bloggers like this: