यु-१९ विश्वकप एसियन छनोट आयोजना गर्न नेपालले आइसीसीसामु राख्यो प्रस्ताब !!

U-19 ICC World Cup 2022, Asian Qualifiers

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। क्रिकेट संग नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल सामु, आइसीसी यु-१९ विश्वकप एसिया छनोट २०२१ लाइ नेपालमै आयोजना गर्ने प्रस्ताब राखेको छ।

कोरोना महामारीको दोस्रो लाहर फैलिनु अघि युनाइटेड अरब इमिरेट्समा हुने भनिएको प्रतियोगिता अहिले अर्कै देशमा सार्न काउन्सिल बाध्य भएको हो।

मध्ये सिजनसम्म भारतमै आयोजना भएको आइपिएल युएइमा हुने भनिए पछि, दुइ वटा प्रतियोगिताको मिति जुध्न पुगेको हो। प्रतियोगितामा सहभागी हुने टोलिहरु नेपाल, युएइ, ओमन, सिंगापुर, कुवेत र मलेसिया रहेका छन्।

आइसीसी संग भएको भर्चुवल मिटिङ्गमा क्यानले उक्त प्रस्ताब राखेको हो । क्यानका अध्यक्षले आइसीसी संग , ” हामी उक्त छनोट प्रतियोगिता आयोजना गर्न सक्षम रहेको र हामीले लक्डाउनको बिचमा पनि अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिता हरु आयोजना गरेका छौ। ” भनेर आफ्नो कुरा राखेका थिए।

Cricket Association of Nepal

आइसीसी यु-१९ विश्वकप भने २०२२ मा वेस्ट इण्डिजमा हुने छ। यस छनोटबाट मात्र एक टोलीले २०२२ को विश्वकप ठाउ पाउने छ। चन्दले भने ” हामी प्रतियोगिताका लाग्ने सबै सुबिधाहरु उपलब्ध गराउन सक्छौ र स्टेडियमको बिषयमा हामीले इजाजत पाए पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम गरि दुइवटा स्टेडियम तयार पार्न सक्छौ। ”

ICC World Cup 2022

Leave a Reply

Next Post

स्पेनलाइ पराजित गर्दै इटाली युरोकप २०२० को फाइनलमा !!!

Wed Jul 7 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | स्पेनलाई पराजित गर्दै इटाली युरो कप २०२० को फाइनलमा ! गएराती भएको इटाली र स्पेनबिरुद्दको खेल एकदमै रमाइलो हुन गएको थियो। ९० मिनेटको रेगुलर समयमा खेलको नतिजा नआए पछि, खेल अतिरिक्त समयमा जान पुगेको हो। दुबै टोलिको लगातार प्रयास पछि पनि खेल बराबरमै रोकियो । […]
Italy in the Finals
%d bloggers like this: