हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जुर्गन क्लोपले आइतबार प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटिसँग अघि खेल हुनुभन्दा पहिले म्यानचेस्टर सिटीलाई ‘युरोपको सर्वश्रेष्ठ टिम’ भनेका छन्।
६ खेल खेलेको लिभरपुल लिग तालिकामा १४ अंकका साथ पहिलो स्थानमा बसेको छ भने सिटि १ अंक कम सहित दोस्रो स्थानमा रहेको छ।
सिटीले गत शनिबार स्ट्यामफोर्ड ब्रिजमा चेल्सी बिरुद्ध १-० को जित निकाल्दै आफ्नो दाबेदारी प्रस्तुत गरिसकेको छ।
तर यसै साता च्याम्पियन्स लिगमा भने पेरिस सेन्ट जर्मेन संग २-० ले पराजित भएको थियो।
यसको बावजूद लिभरपुलका ब्यबस्थापक क्लोपले खेल अघिको प्रेस सम्मेलनमा आइतवारको खेल निकै कठिन हुने स्पष्ट परेका छन् ।
“म्यान सिटी एक उत्कृष्ट फुटबल टिम हो। उनीहरु पेरिस बिरुद्ध हारे। हाम्रो पोर्टो विरुद्धको खेल पछि मात्र मलाई नतिजा थाहा भयो तर मैले त्यस बखतनै भने कि उनीहरु सम्भवतः अझ ससक्त हुने छन्” उनले भने।
“तर उनीहरुलाई वास्तवमा [हुन] जरुरत छैन। मैले उनीहरुको खेल पक्कै देखेको छु र त्यो वास्तबमै साँच्चै राम्रो फुटबल खेल थियो। म्यान सिटी ले साँच्चै राम्रो खेल खेलेको थियो। तर उनीहरु दुई स्थितिमा हारे, मलाई यो भन्न दिनुहोस्, वा तीन, चार स्थिति जब उनीहरुले आफ्नो मौकाको सहि उपयोग गरेनन् तर पेरिसले गोल गर्न सफल भयो।
“तर जब तपाइँ पेरिसको टोलीको गुणस्तर देख्नु हुन्छ र म्यान सिटी उनीहरु विरुद्ध जसरि हावी भएको तरिकाको बारे मा सोच्नुहुन्छ, त्यसले धेरै कुरा भन्छ, उनीहरुको गुणहरु को बारे मा धेरै भन्छ। हामी एक उचित फुटबल खेल खेल्नु पर्छ, म भन्न चाहन्छु, उनीहरु विरुद्ध एक मौका छ तर यो एनफिल्ड हो र हामी वास्तवमै यसको प्रतीक्षामा छौं, म त्यो भन्न सक्छु। ”
उनले थपे: “उनीहरु अझै पनी मेरो लागी, सायद यससमयको युरोप मा सबै भन्दा राम्रो टीम हो र यो एक कठिन खेल रहेको छ। पछिल्लो सप्ताहन्त मा, उनीहरु चेल्सी विरुद्ध खेले र सबैले चेल्सी को बारे मा कुरा गर्दै थिए, उनीहरु कती राम्रो छन्। उनीहरु राम्रो छन्, उनीहरु साँच्चै राम्रो छन् – तर त्यो दिन सिटिले स्पष्ट पारिदियो, म्यान सिटि अझ राम्रो किन छ भनेर। त्यसकारण, सिटि त्यो स्तरीय टोली हो जुन हामी अबको खेलमा सामना गर्नेछौं र खेल जित्नको लागी हामीले गोल गर्नु पर्छ। ”
क्लोपलाई आफ्ना महत्वपुर्ण खेलाडी ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्डलाई चोट लाग्दा सिटि संग खेल्न भन्दा पहिले एक गम्भीर झट्का भने लागेको छ।