राजस्थान रोयल्स र कोलकाता नाइट राईडर्स भिड्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इण्डियन प्रिमियर लिग अन्तर्गत आज बेलुकी हुने एकमात्र खेलमा राजस्थान रोयल्स र कोलकत्ता भिड्दै छन्। 

मुम्बईमा हुने खेलमा दुई पटकको विजेता कलकत्ताले एक पटकको च्याम्पियन राजस्थानलाई ब्राबोर्न मैदानमा आतिथ्यता गर्नेछ। 

प्ले अफ खेलका लागि शीर्ष ४ को दौडमा रहेका दुबै टोलीको हाल समान अङ्क रहेको छ।

राजस्थानले ५ खेलमा ६ अंक बटुल्दै तालिकामा पाँचौं स्थानमा रहँदा कलकत्ताको भने ६ खेलबाट ६ अंक रहेको छ भने उ छैठौं स्थानमा रहेको छ। 

आफ्नो पछिल्लो दुई खेल गुमाएको कलकत्ताका आज हारको शृंखला तोड्दै जित निकाल्ने तयारीमा रहेको छ।

राजस्थानले भनी यसअघि को खेल गुजरात विरुद्ध ३७ रनले गुमाएको थियो।

दुबै टोलीले अहिलेसम्म मिश्रित नतिजा निकालिरहेका हुँदा दुवै खेलको स्तर एउटै हुने आंकलन गर्न सकिन्छ।

राजस्थानका लागि उनका प्रमुख ब्याट्सम्यान जोस बटलरको भुमिका आज पनि निर्णायक हुनेछ।

न्युजिल्यान्डका तिब्र प्रमुख बलर ट्रेन्ट बोल्टको आगमनले राजस्थानलाई बलिंग आक्रमणमा अघिल्लो खेलको तुलनामा मजबुत बनाउनेछ। 

रोयल्सका लागी प्रमुख चुनौती भनेको उसका बलरहरुले हाल अन्तिमका ओभरहरुमा दिएका रनहरु रोक्नु रहेको छ।

साथै माथिल्लो क्रममा बटलरलाई साथ दिने अन्य ब्याट्सम्यान भएको खण्डमा टोलीले राम्रो चुनौती खडा गर्न सक्नेछ।

कलकताले भने आफ्ना तीव्र गतिका बलर उमेश यादवबाट यस सिजनमा जारी रहेको उत्कृष्ट फर्मको कामना गर्नेछ।

सुनिल नाराइन र वरुण चक्रवर्तीको स्पिन जोडीले कलकतालाई राम्रै फलिफाप गरिरेहको छ।

कलकताको प्रमुख समस्या पनि ब्याटिङ गरिरहेको छ। मध्यक्रममा आन्द्रे रसेलको पारीले कलकत्तालाई खेलमा राख्न सफल भएपनि अन्य ठाउँबाट रन आउन नसक्दा टोलीले संघर्ष गरिरहेको छ।

यी दुबै टोलीले आफसमा २४ पटक भिड्दा, अहिलेसम्म कलकत्ताले सर्वाधिक १३ जित निकालेको छ भने रोयल्सको ११ जित रहेको छ। 

 

 

 

 

Leave a Reply

Next Post

खेलजीवनकै उत्कृस्ट लयमा करिम बेन्जेमा

Mon Apr 18 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमा अहिले आफ्नो खेलजीवनकै उच्च लयमा छन्। रियल मड्रिडको नौ नम्बरको जर्सी भिरेर लगातार गोल गरिरहेका बेन्जेमा, हाल युरोपमै सर्वाधिक गोलकर्ता बनेका छन्।  उनलाई पछ्याउँदै युवा खेलाडी एम्बाप्पे र रोबर्ट लेवान्दोस्की दोस्रो र तेस्रो स्थानमा रहेका छन्।  रियल मड्रिडलाई ला लिगाको उपाधि नजिक […]
%d bloggers like this: