हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसै साता च्याम्पियनशिप टोलि मिडल्सब्रो विरुद्ध एफए कपको चौथो चरणमा लज्जास्पद हार बेहोर्दै म्यानचेस्टर युनाईटेडले अर्को घरेलु कपको दौड अन्त्य गरेको थियो।
अतिरिक्त समयमा खेल धकेलिनु अघि राम्रो प्रदर्शन गरेपनि टोलीको खेल दोस्रो हाफको मध्यान्हमा खस्किन पुगेको थियो।
केहि विवादित निर्णय मिश्रित खेलमा च्याम्पियनशिप टोलीले टाईब्रेकरमा घरेलु टोलि युनाईटेडलाई मात दिएको थियो।
खेलमा हार जीत हुनु नौलो कुरा नभएपनि म्यानचेस्टर युनाइटेडका लागि भने यस्ता नतिजाले माइने राख्दछ।
समग्र इंग्लिश फुटबलमै ऐतिहासिक सफलता हात पारेको रातो म्यानचेष्टरको पछिल्लो आधा दशकको कथा भने निकै कहाली लाग्दो रहेको छ।
पछिल्लोपटक सन् २०१७ मा जोसे मोउरिन्होको नेतृत्वमा म्यानचेष्टर यूनाइटेडले युरोपा लिग जितेपछि अहिले सम्म कुनै ट्रफी हात पार्न सकेको छैन।
अघिल्लो सिजन युरोपा लिगमा उपविजेतामा सिमित बनेको टोली यस सिजन लगभग सबै ट्रफीबाट खाली हात फर्कने निश्चितप्राय नै भइसकेको छ।
आफ्नै चिरप्रतिद्वन्द्वी रहेको म्यानचेष्टर सिटीले एकपछि अर्को गर्दै घरेलु फुटबलमा दबदबा बनाइरहँदा म्यानचेष्टर युनाइटेडलाई भने पछिल्लो ५ वर्षमा एउटै ट्रफी पनि जित्न सकेको छैन।
यसैबीचमा घाउमा नुन छर्कने काम भने २८ बर्ष पछाडि लिग उपाधि जित्दै लिभरपुलले गरेको छ।
विगत ५ वर्षमा लिभरपुलले लिग उपाधि मात्र नभई युरोपेली च्याम्पियन्स लिग, सुपर कप, क्लब विश्वकप जिती रहदा कट्टर प्रतिद्वान्तीको सफलता टुलुटुलु हेर्ने भन्दा अरु काम म्यान्चेस्टर युनाइटेडले गर्न सकेको छैन।
अहिलेको ताजा स्थिति हेर्ने हो भने रेड्स टोली ठूला प्रतियोगिताको रुपमा च्याम्पियन्स लिगमामात्र बाहिरिएको छैन। घरेलु लिगमा पनि म्यानचेष्टर सिटीभन्दा निकै पर रहेको म्यानचेष्टर युनाइटेडले लिग जित्ने छाटकाट पनि देखिँदैन।
इङ्ल्यान्डमा रहेका घरेलु ट्रफी मध्येका एफए कप र ईएफएल सबैमा बाहिरी सकेको युनाईटेडको युरोपियन कप जित्ने सम्भावना अति नै कम छ।
घरेलु लिगमा पनि उपविजेता बनेर सुधारको प्रयास गरेको रेड्स टोलीले यस सिजन अपेक्षा गरेभन्दा निकै कमजोर प्रस्तुती दिइरहेको छ।
राफेल भरान, जेडन सान्चो सँगै एक दशक पछि म्यानचेष्टर फर्किएका क्रिष्टियानो रोनाल्डोले टोलीमा आमूल परिवर्तन ल्याउने जुन अपेक्षा रहेको थियो, स्थिती अहिले विपरीत भएको छ।
झण्डै ५ बर्ष यताको लगातार ट्रफि विहिन यात्रालाई पूर्ण विराम लगाउन अब रेड डेभिल्सले च्याम्पियन्स लिग उपाधि जित्नु बाहेकको अरु विकल्प देखिँदैन।
तर घरेलु लिग तथा प्रतियोगितामा एकरुपता देखाउन नसकेको अवस्थामा च्याम्पियन्स लीग जित्नु त परको कुरा, सेमिफाइनलसम्म यात्रा तय गर्न पनि निकै गाह्रो रहेको छ।
समग्र स्थितिलाई केलाएर र यथार्थपरक भएर भन्नुपर्दा यस सिजन पनि रातो म्यानचेष्टर ट्रफी विहिन हुने लगभग निश्चित देखिन्छ।