रातो र सेतो दुवै बलमा स्टुअर्ट ब्रोडको बिर्सनलायक रेकर्ड

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आधुनिक टेष्ट क्रिकेटको इतिहासमा इङ्ल्यान्डका तेज गतिका बलर स्टुआर्ट ब्रोड महान खेलाडी मध्येका एक गनिन्छन्।

टेस्ट क्रिकेटमा अहिलेसम्म ५०० भन्दा बढी विकेट लिइसकेका ब्रोड, इंग्ल्याण्डका लागि दोस्रो  सर्वाधिक विकेट लिने खेलाडी हुन्। 

सर्वाधिक सफल र महान खेलाडी खेलाडीलाई पनि कहिलेकाहीँ नचाहिँदा रेकर्डहरुले पछ्याउने गर्दछन्।

सन् २००७ को टी-ट्वान्टी विश्वकपमा ब्रोडलाई एकै ओभरमा ६ छक्का हानेर युबराज सिंहले अन्तर्राष्ट्रिय टि-ट्वान्टीमा किर्तिमान राखेका थिए। 

अन्तर्राष्ट्रिय टि-ट्वान्टी खेलमा एकै ओभरमा सर्वाधिक रन दिने खराब कीर्तिमानको नाम ब्रोडकै नाममा रहेको छ।

उक्त कीर्तिमान अझै यथावत रहेको अवस्थामा ब्रोडलाई पुनः फेरि अर्को खराब रेकर्ड पछ्याउन सफल भएको छ।

यसपटक उनले टेष्ट क्रिकेटको इतिहासमा एकै ओभरमा सबैभन्दा बढी रन खर्चिने बलर बन्न पुगेका छन्।

भारतविरुद्ध जारी पाँचौं टेष्ट अन्तर्गत भएको खेलमा ब्रोडले ८७औँ ओभरमा ३५ रन खर्चिदै, सर्वाधिक महंगा बलर बन्न पुगे। 

भारतीय पारी ४१६ रनमा समेटिनु अघि दोस्रो अन्तिम ओभर बलिङ गरेका ब्रोडको ओभरमा भारतीय तल्लो क्रमका ब्याट्सम्यानले जस्प्रित बुम्राहले २९ रन बटुलेका थिए। उनले ६ रन अतिरिक्त प्रदान गरे।

 

Leave a Reply

Next Post

तेस्रो सिजनलाई शानदार बनाउने तयारीमा हाजार्ड

Sun Jul 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीबाट सन् २०१९ मा सनसनीपूर्ण ट्रान्सफरमा रियल मड्रिड भित्रिएका हाजार्डले,क्लबमा आफ्नो पूर्ण कौशल देखाउन पाएका छैनन्। आफ्नो प्रिमियर लिगको समयावधिमा उत्कृष्ट खेलाडीहरु मध्ये एक गनिएका एडेनले चोटका कारण आफ्नो गति लिन पाएका छैनन्। अघिल्लो सिजन युरोपेली च्याम्पियन्स लिग र लालिगा उठाएको मड्रिडका लागि अब तेस्रो सिजनमा […]
%d bloggers like this: