हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राग्निकले आउँदो सिजनमा आवश्यक परेको खण्डमा ११ जना खेलाडी भित्र्याउने सम्भावना रहेको बताएका छन्।
स्काई स्पोर्ट्ससँगको अन्तरबार्तामा युनाइटेडका अन्तरिम प्रशिक्षकले अबको सिजन टोलीमा पुनर्निर्माणमा केन्द्रित हुने बताएका छन्।
प्रिमियर लिगको शीर्ष उपाधि बिना झण्डै एक दशक कटाउन लागेको युनाईटेडले मैदानमा ८ बर्ष देखि संघर्ष गरिरेको छ।
इतिहासकै सर्वश्रेष्ठ प्रबन्धक मध्येका एक सर एलेक्स फर्गुसनको बहिर्गमनसँगै पिचमा सफलता पाउन असम्भव जस्तै देखिएको छ।
अन्तर्वार्ताका क्रममा उनले लिग जित्न लिभरपुलको जस्तो तीन दशक लामो यात्रा कुर्न नपरेपनि, माथिल्लो तहले आक्रमक तवरमा पुनर्निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
हाल टोलीमा सम्झौता सकिनै लागेका र क्लब छाड्ने मनसाय रहेका खेलाडीहरूको बाहुल्यता भएको हुँदा, अब आउने ट्रान्सफर विन्डोमा सीमित खेलाडीले नपुग्ने उनको भनाइ रहेको छ।
बहिर्गमनको बाटो पछ्याउने खेलाडीहरु धेरै हुँदा युनाईटेडले अब ७ देखि १० खेलाडी सम्म किन्नुपर्ने अवस्था रहेको उनले बताए।
गोलकिपरको क्षेत्रमा बाहेक टोलीले अन्य सबै पोजिसनमा खेलाडीहरूको स्तर बढाउनुपर्ने देखिएको बताएका छन्।
सँगै म्यान्चेस्टर युनाइटेडको बोर्डले अब खेलाडी छनौट प्रक्रिया, मेडिकल, स्काउट लगायतका क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
रेड डेभिल्सले आउदो सिजन देखि लागि डच प्रशिक्षक एरिक टेन ह्याग भित्र्याउने लगभग पक्का भयको छ।
नयाँ प्रबन्धका लागि पूर्वतयारी गर्नुपर्ने र प्रबन्धकले खेलाउने शैलीको आधारमा खेलाडीहरू अब किन्नुपर्नेमा उल्लेख विशेष जोड दिएका छन्।
वर्तमान अन्तरिम प्रशिक्षक राल्फ राग्निकले भने यस सिजनबाट आफ्नो स्थानलाई परिवर्तन गर्दै प्रमुख सल्लाहकारको भूमिकामा देखिनेछन्।
लिभरपुल विरुद्ध मध्य सप्तान्हमा भएको खेलमा ४-० को पराजयले म्यानचेष्टर युनाईटेडले युरोपेली कपमा आफ्नो छनौट हुने सम्भावनालाई अति न्यून बनाएको छ।
लिगमा पाँच खेल मात्र बाँकी रहँदा म्यानचेस्टर युनाइटेडले आर्सनल र चेल्सी जस्ता बलिया प्रतिद्वन्द्वीहरु संग खेल्न बाँकी रहेको छ।
यस्तोमा टोलीको वर्तमान फर्मलाई मूल्यांकन गर्ने हो भने दुवै टोली हरुबिच अङ्क बढ्न पनि निकैगाह्रो रहेको छ।
आउँदो सिजन च्याम्पियन्स लिगमा छनौट हुन युनाइटेडलाई अब आफ्नो खेल जितेर मात्र नभई आफु भन्दा माथिका टोलीहरूको नतिजा पनि कुर्नुपर्ने छ।