राष्ट्रिय महिला क्रिकेट टिमलाई ऐतिहासिक शृंखला

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कतार भ्रमणमा रहेको रास्ट्रिय महिला क्रिकेट टोलीले तेश्रो तथा अन्तिम खेलमा कतारलाई १०९ रनले पराजित गर्दै आफ्नो पहिलो अन्तर्राष्ट्रिय टि-२० शृंखला ३-० ले क्लिन स्विप गरेको छ।

कतारको दोहा स्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभर को खेलमा ७ विकेट गुमाउदै केवल ५५ रन मात्र बनाएको थियो।

कतारको ब्याटिंगमा अलिना खानले सर्वाधिक १९ रन तथा कप्तान आयशाले १३ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। नेपालको बलिंगमा सबनम राई, सरस्वति चौधरी, रुबिना क्षेत्रीले समान एक- एक विकेट लिए।

टस जितेर पहिले ब्याटिंग रोजेको नेपालले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउदै १६४ रन बनाएको थियो।

नेपालको ब्याटिंगमा ओपनर सिता राना मगरले सर्वाधिक ८२ रनको योगदान गरिन। ७२ बलको सामना गरेकी उनले ७ चौका प्रहार गरिन्। सर्बाधिक रन संगै सिता टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने तेश्रो नेपाली महिला क्रिकेटर बनेकी छिन। उनले बनाएको ८२ रन नेपाली महिला क्रिकेटरको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक स्कोर समेत बनेको छ।

त्यसैगरि ज्योति पाण्डेले २४, सरिता मगरले १७ तथा डली भट्टले १२ रनको योगदान दिए।

पहिलो पटक विदेश भ्रमणमा अन्तरास्ट्रिय सिरिज खेलेको नेपाली महिला क्रिकेट टोलीले पहिलो र दोश्रो खेल क्रमशः ११९ रन र ६१ रनले जितेको थियो।

सिरिज समाप्ति पछि नेपाली क्रिकेट टिम अब टि-२० विश्वकप एसिया छनोट खेल्न युएई प्रस्थान गर्नेछ।

नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि२० आई सिरिज सिरिज खेलेको हो । सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो चरणमा एसिया छनोट खेल्न लागेको हो।

प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

Leave a Reply

Next Post

अन्तरास्ट्रिय ब्रेक पछि युरोपका लिगहरु पुनः सुचारु हुँदै (तालिका सहित)

Fri Nov 19 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| झण्डै दुई साताको अन्तर्राष्ट्रिय ब्रेक पछि युरोकपका प्रतिष्ठित लिगहरू पुनः सुचारु हुँदैछन्। विश्वकप क्वालिफायर तथा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु सकिए पछि एसियन, युरोपियन तथा दक्षिण अमेरिकन खेलाडीहरु क्लब प्रशिक्षणमा फर्किएका छन्। संसारमै सबैभन्दा बढी रुचाइएको इङलिस प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटी शनिबार साँझ ६: १५ मा प्रतिस्पर्धा […]
%d bloggers like this: