हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अखिल नेपाल फुटबल संघले राष्ट्रिय महिला फुटबल लिगको पहिलो चरणका खेल, चैतको दोस्रो साता चितवनमा आयोजना हुने जनाएको छ ।
एन्फाले पहिलो चरणको लिगका लागि भरतपुर महानगरपालिकासँग सम्झौता गरेको छ।
सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र भरतपुरका मेयर रेणु दाहालबीच हस्ताक्षर भएको छ।
महिला लिगमा ८ टिमको सहभागिता रहनेछ।
लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ।
सम्झौता अनुसार दोस्रो संस्करणको लिग सञ्चालनका लागि महानगरले एन्फालाई २० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ।
राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलहरु भने बिराटनगरमा हुनेछ । पहिलो चरणका खेलहरु फागुन १० गतेबाट सुरु हुनेछ।
लिगका ५६ मध्ये २८ खेल चितवनमा हुनेछ। खेलहरु भरतपुर ७ स्थित कृष्णपुर खेल मैदान र भरतपुर १९ को खेल मैदानमा हुनेछ।