रियल मड्रिडको महत्वपूर्ण खेलाडी बन्दै भिनिसियस जुनियर

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सन् २०१८ मा रियल मड्रिड छिरेका भिनिसियस जूनियरले यस सिजन आफ्नो गति पकडेका छन्।

जारी सिजनमा १९ खेल खेल्दा ११ गोल गरिसकेका भिनिसियसले रियल मड्रिडलाई शीर्ष स्थानमा राख्न केही सातायता उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

रियल मड्रिडका पूर्व स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो सँगै उनको नाम एकबेला खुब चलेको थियो फ्युचर सिआर सेभेन भन्दै।

असीमित क्षमताका कारण स्टार खेलाडी रोनाल्डोसँग तुलना भएता पनि आफ्नो प्रतिभालाई खुलेर प्रस्फुटन गर्न नसकेका जूनियर, यस सिजन भन्ने एकाएक विष्फोटक फर्ममा देखिएका छन्।

रियलको अहिलेको टोलीमा उनले आँफुलाई टोलीको महत्वपूर्ण खेलाडीका रूपमा स्थापित गराईसकेका छन्।

उनले आइतबार राति सेभिल्ला विरुद्ध रियल म्याड्रिडमा म्याच विनर भइसकेको कुरा प्रमाणित गरे। भिनिसियसका लागि विपक्षी म्यानेजरले खेल रणनिती चुनैतिपूर्ण बनाएका थिए।

तर ब्राजिलियन भिनीले हार मानेनन् र एस्टाडियो सान्टियागो बर्नाबेउमा रियल म्याड्रिडको लागि ठूलो तीन अंक जोड्न उत्कृष्ट स्ट्राइकको साथ आफ्नो पुरस्कार प्राप्त गरे।

भिनिसियसले राम्रो नियन्त्रण र ड्रिबल पछि फार पोस्टमा प्रहार गरेको शट, रकेट शैलीमा जाली चुम्न पुगेको थियो भने रियलले सोहि गोलको साथ खेल जित्यो।

सम्भवतः भविष्यमा केलियन एमबाप्पे थपिने कुरा र यो सिजन भिनिसियसको प्रदर्शनले रियल म्याड्रिडका लागि चीजहरू राम्रो देखिन्छ।

यो जितपछि ला लिगा सान्टान्डरको तालिका पनि राम्रो देखिएको छ, किनभने लस ब्लान्कोसले यो कठिन जितपछि शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ।

विनिसियसको लागि आकाश सीमा हो भन्ने कुरा यसै सिजनलाई मात्रै हुने भएपनि सिद्ध हुन थालेको छ।

उनी अहिले रियल म्याड्रिडका उत्कृष्ट खेलाडी हुन् र निकट भविष्यमा उनलाई एमबाप्पेसँग जोड्ने विचार एउटा रमाइलो सम्भावना हो।

 

Leave a Reply

Next Post

भारत र न्युजिल्यान्ड बिचको पहिलो टेस्ट बराबर

Mon Nov 29 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारत भ्रमणमा रहेको विश्व टेस्ट च्याम्पियन न्यूजील्याण्डले भारत संगको पहिलो टेस्ट बराबरीमा टुंग्याउन सफल भएको छ। २८४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको किवी टोलीले हारको मुखमा पुगेर खेललाई बराबरी गरेको थियो। पाँचौं दिनको खेल समाप्तिमा ९ विकेट गुमाउँदै १६५ रन बनाएपछि खेल बराबरीमा सकिएको थियो। […]
%d bloggers like this: