हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। रियल मड्रिड र म्यानचेस्टर सिटिबिरुद्द भएको गएरातिको खेलमा रियल मड्रिडले अबिश्वश्निय जित दर्ता गर्दै च्याम्पियन्स फाइनलमा आफ्नो ठाउ निश्चित गरेको छ।
हार पश्चात सिटीका कोच पेपले, उक्त हारलाइ भुलाएर अगाडी बढ्न खेलाडीहरुलाइ केहि समय लाग्ने बताएका छन्।
पहिलो लेगमा ४-३को गोलान्तरले अघि बढेको सिटिले दोस्रो लेगमा सामान्य बराबरी गर्न जरुरि थियो, जसमा ग्वार्डियोला र उनको टोलि सफल हुन सकेन।
“हामी च्याम्पियन्स लिगको फाइनलको धेरै नजिक थियौं भन्ने कुरालाई हामी अस्वीकार गर्न सक्दैनौं।
तर उनले रियलको पुनरुत्थान कुनै संयोग नभएको बताए: “यो उनीहरूको इतिहासमा धेरै पटक भएको छ। उनीहरूले धेरै खेलाडीहरूलाई बक्समा राखे, ती सबैले क्रस गरे, र उनीहरूले दुई गोल गरे। उनीहरूले गोल नगरुन्जेल हामीले धेरै दुख पाएनौं। तर हामीले आफ्नो उत्कृष्ट खेल्न सकेनौं।”
“पहिलो गोल पछि, हामी जितबाट निकै नजिक थियौ तर जब रियल मड्रिडका खेलाडीहरु सबै बक्समाबाट खेल्न थाले, उनीहरुले क्रसहरुको मात्रालाइ बढाए। जसले गर्दा हामीलाई निकै गाह्रो हुन पुग्यो। ” यो कुराहरु, यो हारलाइ भुलाउन हामीलाई समय लाग्ने छ।