रियल मड्रिडमा को हुनेछन त मार्सेलोको उत्तराधिकारी?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडमा करिब १५ बर्षको बसाई पश्चात ब्राजिलियन लेफ्ट व्याक मार्सेलोले स्पेनी राजधानी छाड्ने छन्

सन् २००७ मा मड्रिड भित्रिएका ब्राजिलियन लेफ्ट व्याक, आधुनिक ग्यालेक्टीकोको सफलताका प्रमुख खेलाडी रहेका छन्

रियल मड्रिडकै दिग्गज खेलाडी रोबेर्टो कार्लोसको उत्तराधिकारीका रूपमा आएका अर्का ब्राजिलियन हुन मार्सेलो

१५ बर्षको मड्रिड बसाइमा पाँचसयभन्दा बढी खेलमा प्रतिनिधित्व गरिसकेका मार्सेलोले २८ गोल गर्दै रियल मड्रिडको जर्सीमा २० भन्दा बढी प्रमुख उपाधि हात पारे

रियल मड्रिडले सन् २०१६ देखि २०१९ सम्म लगातार तीनपटक च्याम्पियन्स लिग जित्दा, टोलीको प्रमुख खेलाडीका रुपमा मार्सेलो रहेका थिए

तर पछिल्लो समय बढ्दो उमेरसँगै आफ्नो खेल्ने समय पनि गुमाएकामा मार्सेलोले, अन्ततः रियल मड्रिडको जर्सीमा आफ्नो करियर यसैवर्ष टुंग्याउने भएका छन् 

आफ्नो गति क्षमता र चतुर्याईले खेलमैदानमा निकै प्रभाव जमाएका लेफ्ट व्याकलाई प्रतिष्थापन गर्ने कार्य भने सजिलो छैन 

तर रियलले हार मानेको छैन र उनको उत्तराधिकारी खोज्ने काम तीव्र रुपले अघि बढाएको छ

 यस्तोमा मड्रिडमा खाली रहने ठाउँका लागि, पेरेजका लागि सम्भावित तीन खेलाडीहरू माइकल गुटेरेज, फ्रान्क गार्सिया र एन्जेलिनो रहेका छन्

पहिलो विकल्प क्यास्टिलाबाट मिगुएल गुटेरेजलाई एकडेमीबाट बढुवा गर्दै सिनियर टोलीमा मौका दिनु रहेको छ।

मिगुएल रक्षात्मक र अगाडि दुवै क्षेत्रमा प्रभावशाली खेलाडी हुन्। उनी वान भर्सेस वान परिस्थितिहरूको रक्षा गर्नमा विश्वस्त छन् तर सम्भव भएसम्म आक्रमण गर्न पनि अघि देखिन्छन्।

अर्को बिकल्पमा रियल म्याड्रिडको प्रख्यात ला फाब्रिका एकेडेमी मार्फत आएका , हालको रायो भालेकानो लेफ्ट ब्याक फ्रान गार्सिया यस सिजन ला लिगा सान्टान्डरका सफल खेलाडीहरूमध्ये एक भएका छन्।

तेस्रो बिकल्प रहेका बायर्न म्युनिखका खेलाडी एन्जेलिनोको उत्कृष्ट गुणहरू मध्ये एक उनको क्रसिङ हो।

उनले यस सिजन बुन्डेसलिगामा पाँच असिस्ट र च्याम्पियन्स लिगमा तीन असिस्ट गरेका छन, तर डिफेन्डिङको कुरा गर्दा उनि उल्लेखित खेलाडीहरु भन्दा केहि कमजोरी रहेका छन्।

 

 

Leave a Reply

Next Post

आइपिएल २०२२ : चेन्नाई सुपर किंग्सको लगातार तेस्रो हार

Sun Apr 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारि इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा चेन्नई सुपर किंग्सले हारको सिलसिला जारि राखेको छ। पन्जाब किंग्स विरुद्ध ५४ रनको हार बेहोर्दै चेन्नाईले जारी आईपिएल संस्करणमा लगातार तेस्रो हार बेहोरेको हो। पन्जाबले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाइ, १८ ओभरमा केवल १२६ रन […]
%d bloggers like this: