रियल मड्रिडलाई स्पेनिश सुपर कपको उपाधि

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एथलेटिको बिल्वाओलाई २–० ले पराजित गर्दै रियल म्याड्रिडले १२औ पटक सुपर कपको उपाधि आफ्नो नाममा गरेको छ।

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा एथलेटिको बिल्वाओलाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको हो।

१० खेलाडीमा समेटिएको रियलले २–० ले पराजित गर्दै एक वर्षपछि च्याम्पियन बन्न सफल भएको हो ।

आइतबार राति भएको खेलमा रियल च्याम्पियन बनाउन लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले गोल गरे।

खेलको सुरुवातदेखि नै बिल्वाओलाई दवावमा राखेको रियलले गोलको लागि पहिलो हाफको अन्तिम समय पर्खनु परेको थियो।

३८औं मिनेटमा भेट्रान मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगोले दिएको पासलाई पहिलो बार च्याप्दै गोल गर्न सफल भएका थिए ।

५२औं मिनेटमा कप्तान करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । बेन्जेमाकै प्रहारलाई पेनाल्टी बक्समा यारेको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिदै रियललाई पेनाल्टी प्रदान गरेको थियो ।

८७औं मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो । राहुल गार्सियाको प्रहार क्रसबारमा लाग्दै गोललाईन पार गर्न लाग्दा इडर मिलिसाओ ह्यान्ड गर्न पुगेपछि रेफ्रीले उनलाई सिधै रातो काडै देखाउँदै मैदान बाहिर पठाएको थियो ।

त्यसमै प्राप्त पेनाल्टीमा राहुल गार्सियाको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले डाइभ दिदै बचाए ।

सिजनको पहिलो उपाधि जितेको रियल समग्रमा १२औं पटक सुपर कप च्याम्पियन बनेको हो ।

-एजेन्सी

Leave a Reply

Next Post

लुका मोड्रिकको जारी प्रदर्शन, अर्को बेलुन डी ओर जित्न लायक : पेरेज

Mon Jan 17 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल म्याड्रिडको पछिल्लो सिल्भरवेयरले आइतवार राति क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई निकै खुसी बनाएको छ। अघिल्लो सिजन ट्रफी बिहिन बनेको मड्रिडले यसपटक पहिलो उपाधि जित्दा उनले लुका मोड्रिचको दरिलो फर्मलाई खुलेर प्रशंसा गर्न भ्याएका छन्। मोड्रिचले उत्कृष्ट ओपनर गोल गरेपछि आइतबार भएको सुपरकोपा डे स्पानाको फाइनलमा रियल […]
%d bloggers like this: