रियल मड्रिडले भोग्यो सिजनको पहिलो हार, पहिलो स्थान यथावत !

Real Madrid faces the first defeat of the season

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। आइतबार बेलुकी भएको खेलमा लालिगा अन्तर्गत, इस्पानियलले रियल मड्रिडलाइ २-१ को गोलान्तरले पराजित गरेको छ।

१७ औ मिनेटमा अग्रता लिएको घरेलु टोलि एस्पानियलका लागि राउल डि टोमसले गोल गरेका थिए भने एसिस्ट चाहि एड्रियन एम्बर्बाले दिएका थिए।

खेलको सुरुवाती समयमै गोल गरेपछि दबाब बनाउन सफल भएको घरेलु टोलीले हाफ टाइममा आफ्नो अग्रतामा खेल सक्यो।

दोस्रो हाफमा भने दुवै टोलीमा उत्तिकै उर्जा देखिएको थियो। दोस्रो हाफको ६०औ मिनेटमा गोल गर्दै एस्पानियलले अग्रतालाइ दोब्बर पार्य।

दोस्रो गोलमा अलेइक्सको योगदान रहन पुग्यो। एलेइक्स भिडालले केइदी बेयरको पासलाइ उत्कृष्ट गर्दै ढंगले गोलमा परिणत गरिदिएका थिए।

६० औ मिनेटमा दुइ गोल अग्रता लिएपछि एस्पानियल निकैनै बिश्वाशिलो ढंगबाट अगाडि बढ्यो। दिफेन्सिब देखि लिएर आक्रमण दुवै क्षेत्रमा राम्रो काम गरेको एस्पानियलले क्लिन शिट भने पार्न सकेन।

लुका जोभिचको एसिस्टमा गोल गर्दै क्रिम बेन्जेमाले रियल मड्रिडका लागि पहिलो गोल गरे। ७१ औ मिनेटमा रियलले गरेको गोलबाट दुवै टोलीमा दबाब बाढिन पुग्यो।

एस्पानियलले डिफ़ेन्सिब काम राम्रो गर्दा, खेलमा जित निश्चित गर्यो।

अंक तालिकाको कुरा गर्दा, रियल मद्रिड हार पश्चात पनि पहिलो स्थानमा नै छ भने दोस्रो स्थानमा एथ्लेटिको मड्रिड, १० औमा बार्सिलोना र एस्पानियल १३ औ स्थानमा रहेको छ।।

हारले मड्रिडलाइ त्यति धेरै तनाब नदिए पनि, खेलमा बिजयी भने हुन महत्वपूर्ण थियो।

Leave a Reply

Next Post

जारि सिजनकै उत्कृस्ट खेलमा लिभरपुल र म्यानचेस्टर सिटि बराबरीमा रोकिए

Mon Oct 4 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा गए राति सम्पन्न खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेलेका छन्। लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको दुई महारथी बिचको खेल सम्भवतः प्रिमियर लिगमा यस सिजनको सबै भन्दा उत्कृस्ट रहेको थियो। लिभरपुलका खेलाडी मोहम्मद सलाह र सिटीका फिल फोडेनले […]
%d bloggers like this: