रियल मड्रिड किर्तिमानी ३५औँ लालिगा उपाधि नजिक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ओससुना विरुद्ध ३-१ को सहज जित निकाल्दै रियल मड्रिडले जारि सिजनमा शिर्ष स्थानमा पकड बलियो बनएको छ।

जितसँगै रियल मड्रिडले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड विरुद्ध १७ अंकको अग्रता बनाएको छ। 

बार्सिलोना तेस्रो स्थानमा छ भने सेभिल्ला समान ६० अंक बटुल्दै चौथो स्थानमा रहेको छ।

लिगको ३३औं चरणको खेलमा जित निकाल्ने क्रममा रियल मड्रिडका लागि डेभिड अलाबा, मार्काे एसेन्सियो र लुकास भास्क्वेजले गोल गरे। 

पहिलो हाफको को १२औँ मिनेटमा देवीड अलाबाले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए।

तर, रियलको त्यो अग्रता एक मिनेट पनि टिकेन, १३औं मिनेटमा ओससुनाका लागि एन्टी बुडिमिरले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

४५औं मिनेटमा मार्काे एसेन्सियोले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए।

निकै स्तरीय फर्ममा रहेका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमाले भने खेलमा दुई पटक पेनाल्टीमा गोल गर्ने अवसर खेर फ्यालेका थिए। 

दोस्रो हाफको ५१ औं र ५७औ मिनेटमा बेन्जेमाले पाएको पेनाल्टीलाई ओसासुनाका किपरले आकर्षक बचाव गरेका थिए।

 त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा लुकास भास्क्वेजले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियलको सहज जित पक्का गरे ।

रियल मड्रिड अब कीर्तिमानी ३५ औं पटक लालिगा उपाधिको यात्राबाट केवल दुई जित पर रहेको छ।

रियल मड्रिडले आगामी दुई खेलमा दुई जित निकाल्न सकेमा अथवा एक जित र एक बराबरी गरेकै खण्डमा पनि ३५ औ पटक लालिगा उपाधिका लागि हकदार हुनेछ।

स्पेनिस ला लिगामा अहिले सम्म सर्वाधिक शिर्ष डिभिजनको उपाधि जित्ने रेकर्ड पनि रियल मड्रिडकै रहेको छ। 

उसले अहिलेसम्म ३४ पटक लालिगा उपाधि हात पारिसकेको छ भने उसलाई पच्छ्याउँदै बार्सिलोनाले २६ पटक उपाधि जितेको छ।

 

Leave a Reply

Next Post

आइपिएल : आज मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्दै

Thu Apr 21 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिकेटका पारखीहरु मध्ये निकै लोकप्रिय रहेको इन्डियन प्रिमियर लिगमा आज चेन्नई र मुम्बई भिड्दैछन्। इन्डियन प्रिमियर लिगको इतिहासमा सर्वाधिक सफल क्लब रहेका यी दुबै टोलीको खेल निकै बहुप्रतिक्षित मानिन्छ। अझ फुटबलको भाषामा भन्ने हो भने यस खेललाई आईपिएलमा सबैभन्दा महत्वपूर्ण डर्बी खेल भन्न मिल्छ। मुम्बई इन्डीयन्स सर्बाधिक […]
%d bloggers like this: