हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस महारथि रियल मड्रिडले जर्मन सेन्टर ब्याक टोनी रुडीगरलाई भित्र्याउने भएको छ।
चेल्सीमा सन् २०१७ मा भित्रिएका जर्मन डिफेन्डरले नयाँ सम्झौता गर्न अस्वीकार गरेपछि फ्री ट्रान्सफरमा रियलले ल्याउने भएको हो।
सन् २०१७ देखि चेल्सी बसाईका क्रममा एन्टोनिले १९६ खेल खेल्दै १२ गोल समेत गरेका छन्।
विगत ४ सिजनमा चेल्सीको प्रमुख खेलाडी मध्येका एक रहेका रुदिगरले, चेल्सीको जर्सीमा प्रमुख उपाधि जित्ने क्रममा एफ.ए कप, च्याम्पियन्स लिग र युरोपा लिग जितेका छन्।
चेल्सी संगको नयाँ सम्झौता नगर्ने भए पश्चात उनका लागि रियल मड्रिड, म्यानचेष्टर युनाइटेड, बायर्न म्युनिख जस्ता क्लवले चासो देखाएका थिए।
प्रतिस्पर्धा बावजूद रियल मड्रिडले रुडीगरलाई भित्राउन सक्षम भएको हो।
रियलका लागि रुडीगरले चेल्सीले प्रस्ताब गरेको सप्ताहको २ लाख पाउण्डको सम्झौता अस्विकार गरेको रिपोर्टहरुले बताएका छन्।
आफ्ना प्रमुख रोजाइका रक्षात्मकद्वय राफेल भारन र सर्जियो रामोसले क्लब छाडेपछि रियलमा हाल उत्कृष्ट डिफेन्डरको कमि भएको छ।
उक्त ठाउँको परिपूर्तिका लागि यस सिजन राम्रो कसरत गर्ने रियल मड्रिडको लक्ष्यअनुसार रुडीगर भित्रिएका हुन्।
रियल र रुडीगर बिचको सम्झौता सन् २०२६ सम्म चल्ने बताइएको छ।