हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कार्लो एन्सेलोटी रियल म्याड्रिडको प्रि-सिजनको खेलहरु पश्चात उत्साहित भएर संयुक्त राज्यबाट भर्खरै फर्किएका छन्।
युभेन्टस विरुद्धको राम्रो प्रदर्शन र नतिजा बाहेक प्रशिक्षण मैदानमा देखेको काम र खेलाडीको वातावरणबाट खुसी देखिन्छन।
ला लिगा सान्टान्डर र च्याम्पियन्स लिग जित्दा टोलीले आफ्नो सफलतालाई लिएर आराम गर्न सक्छ तर रियल म्याड्रिडले त्यसो गरिरहेको कुनै संकेत छैन।
डन कार्लो संगै खेलाडीहरु आफ्नो करियरको अधिकतम उपयोग गर्न चाहन्छन् र रियल म्याड्रिडको सफलतालाई अझै लम्ब्याउने अठोटमा छन्।
एन्सेलोटीले एन्टोनियो रुडिगर र एरेलियन चौमेनीको आगमनलाई लिएर गत सिजनको तुलनामा आफ्नो टोली कसरी बढी प्रतिस्पर्धात्मक छ भन्ने बारे सार्वजनिक रूपमा कुरा गरेका छन् ।
करिम बेन्जेमा बाहेक अन्य आक्रमक विकल्पहरू छन् भन्ने कुरामा सन्तुष्ट भएकाले कोच नयाँ कोहीका लागि हताश छन् जस्तो लाग्दैन।
एन्सेलोटी , सबै अन्य प्रशिक्षकसँगै, यो सिजन टोली र ड्रेसिङ रुमलाई सन्तुलनमा राख्नुपर्ने कुरामा सचेत छन् किनभने उनीसँग मिनेट चाहने युवा खेलाडीहरू छन् र क्यालेन्डर कठिन छ।
अहिलेको लागि ड्रेसिङ रुममा एकता, गत सिजनको सफलता जस्तै उद्देश्यहरू प्राप्त गर्ने उत्तम तरिका हो भनेर कार्लो विश्वस्त देखिन्छन।
ला लिगा उपाधि र विशेषगरी च्याम्पियन्स लिगको जित, मुख्य गरि बेन्चबाट आएका खेलाडीहरुकै मूल प्रदर्शनबाट आएको हो।
संयुक्त राज्यमा, एन्सेलोटीले पहिले नै टोलीका लगभग सबै खेलाडीहरूसँग निजी कुराकानी गरिरसकेको मार्काले बताएको छ।
आफ्ना खेलाडीहरूप्रति इमानदार भएर, उनले उनीहरूबाट के चाहन्छन् र कसरी सिजन व्यवस्थापन गर्ने इरादा राखेका छन् यी सब कुराकानी भइसकेको छ।
फिफाले क्लब विश्वकपको मिति प्रकाशित नगरेसम्म पाँचवटा उपाधि जित्नको लागि तयार रहन पनि सबैलाई चनाखो रहन बताईसकेका छन्।
यो इटालियन प्रशिक्षकका लागि निकै विशेष सिजन हो।
एन्सेलोटी अझै पनि आफ्नो २०१४/१५ सिजनको सम्झनाहरूलाई पूर्ण रूपमा हटाउन चाहन्छन, जसमा उसलाई बर्खास्त गरिएको थियो।
–मार्काबाट