रियल मड्रिड सम्बन्धि खुलेर बोले एम्बाप्पे !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्च खेलाडी किलियन एम्बाब्प्पेले आफु अगस्टमा रियल म्याड्रिड जान चाहेको कुरा फ्रेन्च पत्रिका एल एकिपेसंग को एक अन्तर्वार्तामा बताएका छन्।

तर क्लबसंग सम्पूर्ण कुरा हुदा हुदैँ पनि आफु रियल जान नपाउदा सुरुमा आफु निराश भएको कुरा ब्यक्त गरेका थिए।

“सुरुमा, मैले क्लब संग केहि अवधि मागेको थिएँ। यूरो भन्दा पहिले, मैले क्लबलाई भने, म मेरो थप सम्झौता विस्तार गर्न चाहन्न, र यूरो पछि, म छोड्न चाहन्छु,” एमबाप्पेले भने।

“मेरो महत्वाकांक्षा साँच्चै थियो कि हामी सबै बिक्रेता क्लब(पेरिस), क्रेता क्लब(रियल) र म हातमा हात मिलाएर हिड्नेछौ।”

“मले मेरो बिषयमा सबै भन्दा राम्रो सम्झौता गर्नको लागी सबै ढोका मैले खोल्न चाहेको थिए । म पनि मेरो क्लबलाई मेरो बहिर्गमन पछि मेरो ठाउँमा उचित प्रतिस्थापन खोज्नलाई सक्दो समय दिन चाहन्थे।”

रियलले यसपालिको समर ट्रान्सफरमा एमबाप्पेको लागी दुई प्रस्ताब पेश गरेको थियो, तर पेरिसलाई चित्त बुझाउन नसक्दा दुवै प्रस्ताब पेरिसले ठाडै अस्वीकार गरेको थियो। के उनले कहिल्यै क्लब विरुद्ध अस्वाभाविक कदम तिर जाने, बलपुर्बक माध्यमबाट ट्रान्सफर गर्न लगाउने तर्फ सोचेनन? भन्ने प्रश्नमा, उनले जवाफ दिए: “होइन, किनकि यो कृतघ्न हुने थियो।”

“यो एउटा क्लबको लागी आभारी हुने थिएन जसले मलाई १८ बर्षको कलिलो उमेरमा स्वागत गर्‍यो र मलाई चार बर्षमा धेरै कुराहरु दियो। म एउटा राम्रो र सक्षम खेलाडी हुँ भनेर आफैँ सिद्ध गर्नका निम्ति मैले यो बाटो रोजेको थिए। तर यो सिजन ट्रान्सफर नभएपनि म पेरिसका लागि सधै एकचित्त भएर खेल्ने छु र अन्त्य सम्म पनि एउटा छाप छोड्न सक्नेछु।”

“उनीहरु मलाई छोड्न चाहँदैनन्, यसको मतलब म महत्वपूर्ण छु। म र मेरो स्थिति संग आफु स्पष्ट थिएँ।”

एमबाप्पे उनी किन आफ्नो क्लब पहिलो स्थानमा छोड्न चाहन्थे भन्ने कुरामा बोल्दै

“मलाई लाग्यो कि मेरो यहाँ को एडभेनचर समाप्त भयो। म अरु चुनौती चाहन्छु, केहि नयाँ गर्न चाहन्छु। मैले यहाँ बसेर ६/७ बर्ष फ्रेन्च च्याम्पियन भैसकेको थिए।

“मैले पेरिसलाई सबै थोक दिने कोशिश गरें र मलाई लाग्छ कि मैले यो पक्षमा राम्रो गरेको छु। पोस्ट-ट्रेनिङमा १८ बर्ष को उमेरमा आएर मैले जे गरेँ, मलाई लाग्छ यो केहि उल्लेखनीय थियो। तर त्यो मेरो आकलन थियो। भन्ने ले जे पनि भन्छन, बुझ्छन, मेरो बारेमा टिप्पणी गर्छन तर मेरो लागि मैले क्लब छाड्नुनै सबै भन्दा राम्रो तार्किक सोचाई मेरो लागि थियो।’

 

Leave a Reply

Next Post

साफ च्याम्पियनसिप २०२१: अंक तालिकामा नेपालको स्थान र फाइनलको समीकरण

Wed Oct 6 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालको प्रदर्शनले आगामी फुटबल पिढीलाई सकारात्मक संदेश दिएको छ। यसपटकको प्रदर्शनले नेपाली फुटबल प्रेमीहरु माझ नयाँ फुटबल युगको सुरुवातको किरण देखा परेको छ। प्रतियगिताको ईतिहासमा पहिलो संस्करण देखिनै सहभागिता जनाएको नेपाली राष्ट्रिय फुटबल टोलीले प्रतियोगितामा अहिलेसम्म फाइनल खेलेको छैन। यसपाली […]
%d bloggers like this: