हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडसँगको खेल सुरु हुन पाँच दिन बाँकी रहँदा पेरिस सेन्ट जर्मेनको चिन्ता बढेको छ।
पहिलो युरोपेली कप जित्ने दृढतालाई कायम गर्दै यस सिजन ट्रान्सफरमा आक्रामक बनेको पेरिसलाई आफ्ना दुई स्टार खेलाडीको फिटनेसलाई लिएर अनिश्चय बढेको छ।
नेमार र सर्जियो रामोस, चोट र संघर्षले थालिएका कारण पेरिसको टोलीमा, ब्लकबस्टर खेल अघि टोलीमा समाबेश हुन पाउने हुन कै हैनन् अझै चिन्ताको बिषय बनेको छ।
तर दुई खेलाडी मध्ये ब्राजिलियन स्टार नेमारले भने सहभगिता जनाउने सम्भावना भने मजबुत रहेको बताइएको छ।
नेमारको क्याम्प डेस लोगेसमा बिहीबार बिहान प्रशिक्षण पछि रियल म्याड्रिडको सामना गर्न तयार हुने सबैभन्दा राम्रो मौका छ।
चोट पछि नेमारलाई बिस्तारै पेरिसको सेटअपमा फिर्ता ल्याइएको छ, तर मौरिसियो पोचेटिनोले पक्कै पनि च्याम्पियन्स लिगको भिडन्तसँगै रेनेस विरुद्धको सप्ताहन्तमा उनीसँग कुनै जोखिम लिने छैनन्।
सर्जियो रामोसका लागि अझै पनि फिटनेसमा जटिलता रहेको छ। स्पेनियार्डले खुट्टाको चोटबाट आफ्नो रिकभरीमा काम गर्न जारी रहेपनि आफ्नो पूर्व टोलीसँगको भिडन्तका लागि उनको ठाउँ निकै शंकास्पद रहेको छ।
एन्डर हेरेराले गत आइतवार लिली विरुद्धको खेलबाट खुट्टामा सानो चोट बोकेका छन् भने अर्कोतिर अलेक्जान्ड्रे लेटेलियर र एडवर्ड मिचुट कोभिडको सकारात्मक परीक्षण पछि टोलीबाट अलग्गै रहन्छन्।
च्याम्पियन्स लिगको नक आउट चरणको पहिलो लेगको खेल अर्को साताबाट सुरु हुँदैछ। निकै अपेक्षित रहेको रियल मड्रिड र पेरिस सेन्ट जर्मन विरुद्धको खेल फेब्रुअरी १६मा खेलाईनेछ।
पहिलो लेगमा पेरिस सेन्ट जर्मेनले स्पेनिश महारथी रियल मड्रिडलाई आतिथ्यता गर्दैछ।