हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ| इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेष्टर यूनाइटेडले वाटफर्ड विरुद्ध लज्जास्पद हार बेहोरेको छ।
वाटफर्डको घरेलु मैदानमा भएको खेलमा ४-१ गोल अन्तरको लज्जास्पद हार व्यहोर्दै म्यानचेष्टर युनाइटेड
तालिकामा सातौं स्थानमा झरेको छ।
युनाइटेडका किपर डेभिड डिगियाले खेलको पहिलो पूर्वार्धमै दुई पटक पेनाल्टी रोकेपनि टोलीलाई जित दिलाउन भने सकेनन्।
पहिलो हाफको देखिने निकै खराब प्रदर्शन गरेको म्यानचेष्टर युनाइटेड दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको थियो।
म्यानचेष्टर युनाइटेडका कप्तान ह्यारी मग्वायार दोस्रो हाफको ६९औं मिनेटमा दोहोरो पहिलो कार्ड खाँदै मैदान बाट बाहिरिएका थिए।
सीजनको सुरुवातदेखि नै खराब प्रदर्शन गर्दै आइरहेको म्यानचेष्टर युनाइटेडले सोही फर्मलाई निरन्तरता दिँदै १७औं (जित पछि १६ औ) स्थानको वाटफर्ड विरुद्ध अर्को लज्जास्पद हार बेहोरेको हो।
घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड बिरुद्ध शानदार जित निकाल्ने क्रममा वाटफर्डका लागि जोशुवा किंगले पहिलो हाफको २८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसै गरे पहिलो हात सकिन एक मिनेट बाँकी छँदा ४४औं मिनेटमा इज्मीलिया सारले अर्को गोल थप्दै वाटफर्डलाई पहिलो हाफमै २-० को अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुवात नै म्यानचेष्टर युनाइटेडले गोल गरे तापनि खेलमा फर्कन भने सकेन। युनाइटेडका लागि डोनी भान डी विकले ५०औँ मिनेटमा एक सान्त्वना गोल गरेका थिए।
खेल २-१ को स्थितिमा रोमाञ्चक मोडमा पुगेको अवस्थामा कप्तानी ह्यारी मग्वायरले ६९औं मिनेटमा रातो कार्ड खाएपछि वाटफर्डले खेलमा पुनः वर्चश्व राखेको थियो।
घरेलु टोलीका लागि निर्धारित ९० मिनेटको इन्ज्युरी समयमा जोआओ पेड्रो र एम्मानुएल ले गोल गर्दै टोलीलाई ४-१ को फराकिलो जीत दिलाए।
नतिजासँगै म्यानचेष्टर युनाइटेडले पछिल्ला पाँच खेलमा केवल एक जित र चार हार बेहोरेको छ। केही समययता निकै दबावमा देखिएका प्रशिक्षक ओले गनर सोलसायरले अब भने लगभग म्यानचेष्टर युनाइटेडको म्यानेजर बाट छुट्टी पाउने लगभग पक्का भएको छ।