हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आफ्नो जितविहिन यात्रालाई पूर्णविराम लगाएको छ।
शनिबार बेलुकी भएको खेलमा टोटनह्याम हटस्पर्सलाई ३-० ले हराउँदै युनाईटेडले निकै महत्वपुर्ण जित हात पार्यो।
गत साता लिभरपुल विरूद्धको पराजयमा गरेको प्रदर्शन भन्दा निकै सुधारिएको खेल प्रस्तुत गरेको म्यान्चेस्टर युनाईटेले घरेलु टोलीलाई खेलमा फर्किने कुनै मौका दिएन।
युनाईटेडको जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो,मार्कस रासफर्ड र एडिनसन काभनीले गोल गरेका थिए।
पहिलो हाफको ३९औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा स्तरीय भली प्रहार गर्दै रोनाल्डोले म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा स्पर्सका लागि क्रिस्टियन रोमेरोले सेट पिसमा गोल गरेपनि अफसाइड घोषित गरिएको थियो। कोरियन खेलाडी ह्युङ मिङ सनले पनि वान भर्सेस वानको मौका लाई वान बिसाकाले राम्रो ट्याकल गर्दै घरेलू टोलीलाई गोल गर्न बाट जोगाए।
घरेलू दर्शक माझ स्पर्सका खेलाडीहरुले खासै राम्रो खेल पस्किन सकेनन्। म्यान्चेस्टर युनाईटेड सँगै निकै खराब स्थितीबाट गुज्रिरहेको टोटनह्यामको लिगमा पछिल्लाे पाँच खेलमा तेस्रो हार रहेको छ।
पहिलो हाफको तुलनामा केही रक्षात्मक देखिएको म्यान्चेस्टर लाई दोस्रो हाफको ६५औं मिनेटमा रोनाल्डोको पासमा अर्का भेट्रान स्ट्राइकर एडीन्सन कभनिले उत्कृस्ट फिनीसिङ गर्दै युनाइटेडको अग्रता दोब्बर बनाएका थिए।
खेलको अन्त्य तिर कमजोर रक्षात्मक लाइनको फाइदा उठाउँदै मार्कस रास्फर्डले म्यान्चेस्टरको अग्रता तेब्बर बनाए।
म्यानचेस्टर युनाईटेडले जारि सिजनमा स्पर्स विरुद्धको जित सहित केवल दोस्रो पटक क्लिन सिट राख्न सफल भएको छ।
लगातार खराब फर्म र नतिजाबाट ग्रसित युनाईटेडको टोलीलाई जीतले आगामी खेलमा आत्मविश्वास बढाउन निकै मद्दत गर्नेछ।
नयाँ प्रशिक्षक आउने हल्ला व्यापक रहे संगै निकै दबाबमा रहेका युनाईटेडका प्रशिक्षक ओले गनर सोल्सायरलाई जितले केहि हद सम्म राहत भने दिएको छ।
जित सँगै म्यान्चेस्टर युनाईटेड तालिकामा पाँचौ स्थानमा उक्लिएको छ भने स्पर्स आठौं स्थानमा बसेको छ।