हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले गिनीज बुकमा आफ्नो नाम लेखाएका छन्।
शुक्रबार दिउसो सामाजिक सञ्जालमार्फत गिनीज बुकको सर्टिफिकेट हातमा लिएर उनले फोटो पोस्ट गर्दै आफ्नो नाम गिनिज बुकमा लेखिएको जानकारी दिएका हुन।
किर्तिमान बारे लेख्दै ‘बिश्व किर्तिमान तोड्ने खेलाडीका रुपमा चिनिन पाउनु गर्व कुरो हो’ भन्दै उनले पोष्टमा लेखेका छन्।
साथै आगामी दिनहरुमा उक्त रेकर्ड नम्बर अझ उचाइमा लिएर जानलाई पनि आफु सहित आफ्ना समर्थकहरुलाई हौसला दिएका छन्।
पुरुष तर्फ अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान कायम गरेपछि उनलाई गिनिज बुकले सर्टिफिकेट प्रदान गरेको हो।
आयरल्याण्डविरुद्ध को विश्वकप क्वालिफायरमा दुई गोल गर्दै आफ्नो व्यक्तिगत गोल संख्या १११ पुर्याएपछि उनले नयाँ विश्वकिर्तिमान कायम गरेका थिए। हुनत यसअघि उक्त कीर्तिमान इरानका खेलाडी अलि दाई नाम रहेको थियो। अलीले इरानका लागे कुल १०९ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए।