हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ| गत महिना विश्वकप छनौटमा समूह चरणमा शिर्ष स्थान गुमाउदै प्ले अफ्मा पुगेको पोर्चुगिज टोलीलाई अर्को झट्का लागेको छ।
पहिलो स्थान गुमाएर विश्वकप छनौटमा थप समस्या थपेको पोर्चुगललाई अब युरो बिजेता इटालीले एउटै समुहमा रहेर चुनौती दिने भएको छ।
फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफमा पोर्चुगल र इटाली एकै समूहमा परेका छन्।
यससँगै युरोपियन च्याम्पियन इटाली अथवा क्रिस्टियानो रोनाल्डोको टोलि पोर्तुगल मध्ये एकले मात्र विश्वकपमा खेल्ने पक्का भएको छ।
प्लेअफको समूह ए मा स्कटल्याण्डले युक्रेनको सामना गर्दा वेल्स र अष्ट्रिया भिड्नेछन् । यी दुई खेलको विजेताले फाइनल खेल्नेछन् । उक्त खेलको विजेता विश्वकपमा पुग्नेछ।
शुक्रबार भएको समूह ड्रमा पोर्चुगल र इटाली समूह सी मा रहेका हुन् । अब दुवै टोलीले आफ्नो प्लेअफको पहिलो खेल जितेमा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । इटालीले पहिलो खेलमा उत्तर म्यासेडोनिया तथा पोर्चुगलले टर्कीको सामना गर्नेछ ।
समूह बी मा रुसले पोल्यान्डको सामना गर्नेछ । त्यस्तै स्विडेनले चेक गणतन्त्रसँग खेल्नेछ । यी दुई खेलको विजेताबीच खेल जित्ने टोलि कतार विश्वकपमा लागि छनोट हुनेछ । प्लेअफको पहिलो खेल मार्च २४ र २५ तथा फाइनल मार्च २८ र २९ मा हुनेछ ।
प्लेअफको ड्रमा टोलीहरुलाई दुई पटमा विभाजन गरिएको थियो । शीर्ष ६ टोलीले पहिलो चरणमा दोस्रो पटको टोलीसँग खेल्दैछन् । यसपटक प्लेअफमा दुई लेगको खेल नभएर दुई चरणमा १-१ खेल हुनेछन् ।
-एजेन्सी