रोनाल्डोको सहयोगका लागि बेन्जेमा सधैं कृतज्ञ

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडका लागि एकपछि अर्को खेल जिताईरहेका फ्रान्सेली स्ट्राइकर बेन्जेमा शानदार लयमा छन्।

उनि अहिले विश्वका उत्कृष्ट फरवार्डहरु मध्ये एक हुन् भन्दा फरक पर्दैन ।

गत साता च्याम्पियन्स लिगमा चेल्सी विरुद्धको खेलमा पनि हयाट्रिक गरेका उनले रोनाल्डोले रियल छाडेसंगै उनको स्थान केहि हदसम्म लिएका छन्।

५ पटकका विश्वका उत्कृष्ट खेलाडी बनेका रोनाल्डोको प्रभाव त रियलमा सायदै अन्य कुनै खेलाडीले पार्न सक्लान्। 

तर रोनाल्डोले रियल छाडेको झन्डै चारवर्षमा बेन्जेमाले १२४ गोल गर्न भ्याइसकेका छन्। 

जारी सिजनमा पनि एकपछि अर्को सफलता हासिल गर्दै गएको गइरहेका बेला बेन्जेमा, यस सिजनबेलुन डी ओरको  बलियो प्रत्यासी बनेका छन्। 

तर उनको भनाइ भने सरल र सटिक रुपमा आफु विश्वको उत्कृष्ट खेलाडी हुनका लागि फुटबल नखेल्ने गरेको बारम्बार बताउँदछन् ।

बेन्जेमा अब यस वर्षको बालोन डी’ओर जित्ने खेलाडी मध्ये एक हुनुहुन्छ भन्ने प्रश्नमा उनी सम्मानको लागि उत्साहित देखिएनन्। बुधवार साँझको प्रदर्शन पछि दिग्गज स्ट्राइकरले भने, “म विश्वको उत्कृष्ट हुनको लागि फुटबल खेल्दिन, म यस्तै रोमान्चक खेलका लागि मैदानमा उत्रन्छु।”

रोनाल्डो सँगको तुलनामा भने उनले रोनाल्डो प्रतिको आफ्नो उदारता र दुई खेलाडीको सद्भावलाई राम्रोसँग उतार्ने गरेका छन्।

“मान्छेहरुले प्रायः आफूले रोनाल्डोलाई उनको स्थानमा पुर्याउनका लागि धेरै सहयोग गरेको बताएपनि रोनाल्डोले वास्तवमा उनका लागि पनि बढी सहयोग गरेका छन्”

“म यसको लागि सधैं कृतज्ञ रहेका छु।” उनले बताए।

रियल मड्रिडका लागि मैदानमा उत्कृष्ट जोडी बनेका यी दुवै खेलाडीले आपसमा एकअर्कालाई ७५ पटक भन्दा बढी सहायता दिएका छन्। 

करिम बेन्जेमाले क्रिष्टियानो रोनाल्डोको लागि ४७ गोलमा सहयोग गर्दा रोनाल्डोले बेन्जेमालाई २८ पटक सहयोग गरेका छन्। 

रोनाल्डोको करियरमा सबैभन्दा बढी एस्सिस्ट गर्ने खेलाडी बेन्जेमा हुन भने बेन्जेमालाई हालसम्मको सबैभन्दा बढी सहायता रोनाल्डोले गरेका छन्।

मड्रिडमा ९सिजनमा एक अर्काका परिपूरक रहेको रहेका यी दुवै खेलाडीको रामो जुगलबन्दिका कारण टोलीले वास्तबमै ठुलो सफलता पाएको थियो। 

 

Leave a Reply

Next Post

एएफसी फुटसल छनोटमा नेपालको खराब सुरुवात

Sun Apr 10 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी फुटसल एसियन कप छनोटमा नेपालले खराब सुरुवात गरेको छ। समूह बि अन्तर्गत बलियो प्रतिद्वन्दी उज्बेकिस्तान विरुद्धको पहिलो खेलमा नेपालले ५-१ को फराकिलो हार बेहोरेको हो। किर्गिस्तानमा हुँदै गरेको छनौटको अन्तर्गत गाजप्रोम स्पोर्ट्स कम्प्लेक्समा नेपाल बिरुद हावी हुने क्रममा उज्वेकिस्तानका रोपिभ इख्तियोरले दुई गोल गरे। अन्य खेलाडीमा […]
%d bloggers like this: