हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| प्रिमियर लिगमा एभर्टन सँगको हारपछि रोनाल्डोको संलग्नता भएको घटनाबारे मर्सीसाइड प्रहरीले अनुसन्धान गर्ने भएको छ।
युनाइटेड फरवार्ड रोनाल्डोको गुडिसन पार्कमा खेल सकिएपछि मैदान छाड्ने क्रममा फ्यानको फोन तोडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
लिगमा निकै संघर्ष गरिरहेको एभर्टन १-० विरुद्ध हार बेहोरेपछि रोनाल्डो निकै आक्रोशित देखिएका थिए।
घटना रोनाल्डो विरुद्ध दुर्ब्यबहारको आरोप लगाइए छ र मर्सीसाइड प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
मर्सीसाइड पुलिसबाट जारी गरिएको विज्ञप्तिमा घटना सम्बन्धि रिपोर्टको बारेमा बर्णन गरिएको छ।
“हामी पुष्टि गर्न सक्छौं कि आज ९ अप्रिल २०२२ गुडिसनमा एभर्टन र म्यानचेस्टर युनाइटेड फुटबल खेलमा दुर्ब्यबहारको रिपोर्ट आएपछि हामीले म्यानचेस्टर युनाइटेड फुटबल क्लब र एभर्टन एफसीसँग सम्पर्क राखेका छौं।”
“खेलाडीहरूले खेल पश्चात पिच छाड्दै गर्दा मैदानबाट बाहिरिने क्रममा एकजना केटालाई अवे टोलीले दुर्ब्यबहार गरेको खबर आएको छ।”
“जाँचहरू चलिरहेको छ र अधिकारीहरूले हाल एभर्टन फुटबल क्लबसँग सिसिटिभी फुटेज समीक्षा गर्न काम गरिरहेका छन् र अपराध भएको छ कि छैन भनेर जांच गर्न साक्षी संग सोधपुछ चलिरहेको छ।”
घटना पश्चात भने रोनाल्डोले माफी मागेका छन्। सामाजिक सन्जालमा आफ्नो आक्रोशका बारेमा बोल्दै उनले गर्न नहुने कामको लागि आफ्ना समर्थक संग माफी मागेका हुन।
पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोले आफ्नो कार्यका लागि क्षमा माग्दै खेल भावनालाई ध्यानमा राख्दै ओल्ड ट्राफोर्डमा उक्त फ्यानलाई खेल हेराउने मनसाय ब्यक्त गरेका छन्।
उनले लेखेका छन् : “जे जस्तो भएपनि हामीले सधैं आदर, धैर्य र सुन्दर खेल मन पराउने सबै युवाहरूका लागि उदाहरण सेट गर्नुपर्छ। म मेरो आक्रोशको लागि माफी माग्छु र, यदि सम्भव छ भने, म यस समर्थकलाई खेल हेर्न आमन्त्रित गर्न चाहन्छु।”
अर्को सिजन च्याम्पियन्स लिग प्रतियोगितामा छनौट हुनको लागि निकै महत्वपूर्ण मानिएको यस खेलमा पनि पराजय व्यहोरे सँगै म्यानचेष्टर युनाइटेडले लगभग शीर्ष चारको दौडबाट बाहिरिएको छ।