हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आफ्ना पहिलो रोजाईका फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि पहिलोपटक मैदानमा उत्रिएको युभेन्टसले घरेलु मैदानमा हार व्यहोरेको छ।
सेरिए मा गएराति सम्पन्न खेलमा एमपाेलीले युभेन्टसलाई उसकै घरेलु मैदानमा १-० ले स्तब्ध पारेको हो।
निकै रोमाञ्चक रहेको उक्त खेलमा दुबै टोलीले गोल गर्ने थुप्रै अवसरहरु खेर फ्यालेका थिए।
एमपोली लाई सिजनको पहिलो जित दिलाउने क्रममा २४ वर्षीय गोल किपर भिकारोले उत्कृष्ट खेल प्रदर्शन गरे।
फ्रेडरिको चिएसा र म्यानुएल लोकाटेल्लीको दुई उत्कृष्ट प्रयासलाई विफल पार्दै किपर भिकारोले आफ्नो टोलीलाई जित दिलाउन निकै महत्वपूर्ण खेलेका थिए।
युभेन्टसका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदै लियोनार्दो मानकुसो ले एमपोलीका लागि एक्काइसौं मिनेटमा निकै चलाखीपूर्ण गोल गरे।
गत सिजन खराब प्रदर्सन गर्दै लिगमा चौथो स्थानमा समेटिएको युभेन्टसमा नयाँ व्यवस्थापनमा फेरी आएका एलेग्रीको सिजनको पहिलो हार रहेको छ।
एल्लिआन्ज एरिनामा १-० गोल अन्तरले हार बेहोरेको युभेन्टस अहिले सम्म जितबिहीन रहेको छ। दुई खेलमा एक बराबर र एक हार बेहोर्दै १ अंक सहित युभे तालिकाको १३औ स्थानमा रहेको छ भने एम्पोली एक जित र एक हार बेहोर्दै ३ अंक सहित ११औँ स्थानमा रहेको छ।