रोनाल्डोले खडेरी तोड्दा मेस्सी पेनाल्टीमा चुके

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिस्टियानो रोनाल्डोले लगातार ६ खेलमा आफ्नो गोल बिहिन यात्रालाई बुधबार पुर्णबिराम लगाएका छन्।

ब्राइटन विरुद्ध घरेलु मैदानमा २-० को जित आत्मसाथ गर्ने क्रममा रोनाल्डोले खेलको ५१औ मिनेटमा शानदार गोल गर्दै बिगत १३ बर्ष यताको खराब समय काटेका हुन।

पछिल्ला केहि खेलयताकै राम्रो प्रदर्शन गरेका रोनाल्डोले खेलमा गोल थप्ने निकै राम्रा राम्रा अवसरहरुमा ब्राईटनका किपर रोबर्ट सांचेज बाधक बनेका थिए।

रोनाल्डोले प्रिमियर लिगमा बर्नलीलाई ३-१ ले हराएर अन्तिम गोल गरेको ४७ दिन बितिसकेको थियो।

तर, दोस्रो हाफको सुरुमै पोर्चुगलका कप्तानले उत्कृष्ट स्ट्राइकमार्फत खडेरीको अन्त्य गरेका थिए।

उनको गोल एक खेलमा उच्च पाँच शटहरूबाट आएको थियो, जबकि ब्रुनो फर्नान्डेस (पाँच)ले मात्र तीन मुख्य पासहरूको संख्यामा सुधार गरे। युनाईटेडका लागि ९० औ मिनेटको अतिरिक्त समयमा ब्रुनोले गोल गर्दै टोलीलाई लगातार ३ बराबरीको नतिजा पछि जित दिलाउन सफल भए।

अर्को तिर च्याम्पियन्स लिगमा भने अर्का स्टार खेलाडी लियोनल मेस्सीले पेनाल्टी चुकाएका छन्।

रियल मड्रिड विरुद्धको अन्तिम १६ को पहिलो लेगमा घरेलु मैदानमा मेस्सीका कट्टर प्रतिद्वन्दी रियल विरुद्ध दोस्रो हाफको ६२ औ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेका थिए।

किलियन एम्बापेलाई डी एरियामा फल गरेपछि प्रदान गरिएको पेनाल्टीमा रियलका किपर कोर्तोवाले सहि अनुमान लगाउदै मेस्सीको पेनाल्टी बचाएका थिए।

तर एम्बाप्पेकै गोलको मद्दतले पेरिसले पहिलो लेगमा भने १-० को अग्रता बनाएको छ।

फ्रान्सेली स्टार किलियनले ९०औ मिनेटको इन्ज्युरी समयको अन्तिम समयमा शानदार गोल गर्दै पेरिसलाई पहिलो लेगमा १-० ले अगाडी बढ्न मद्दत गरेका छन्।

 

Leave a Reply

Next Post

करण केसी को अनुपस्थितिले टोलीमा कस्तो असर पर्ला?

Wed Feb 16 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| शुक्रबार देखि ओमानमा सुरु हुने आइसिसी टि२० विश्वकप ग्लाबोल छनोट खेल्ने अन्तिम १४ सदस्य नेपाली क्रिकेट टोली घोषणा गरिसकिएको छ। टोलीमा नयाँ पुस्ताका कुशल मल्ललाई बाहिर राख्दै अनुभवी ब्याट्सम्यान शरद भेषवाकर र ज्ञानेन्द्र मल्लले ठाउँ पाएका छन्। अलराउन्डर कुशल मल्ल सहित ओपनर प्रदीप ऐरी र स्पिनर […]
%d bloggers like this: