हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | ओले गनर सोल्सायरले म्यान्चेस्टर युनाइटेडको प्रशिक्षण छोडे पछि राल्फ राग्निकले युनाइटेडको खेल्ने शैली र नतिजामा केही सुधार गरेका छन।
गएको हप्ता वेस्टहामलाई अन्तिम मिनेटमा गोल गर्दै जित हासिल गर्दै आफ्नो लागि चौथौ स्थान हासिल गरेको थियो। रोनाल्डोको युनाइटेडमा पुनरागम भएपछी युनाइटेडको मनोबल भने पक्कै पनि उच्च स्तरको बनेको छ।
राम्रो लयमा रहे पनि रोनाल्डोले जोर्ज मेन्डिस सङ्ग स्पेन फर्किने चाह ब्यक्त गरेको कुरा बिभिन्न रिपोर्टहरुले जनाएका छन। त्यस सङ्गै रिपोर्टहरुको कुरालाई नियाल्दा युनाइटेडले पोर्चुगलका स्टार जाओ पल्हिन्होलाई भित्र्याउने संकेत दिएको छ।
स्पेनमा भएको प्रेस कन्फरेन्सका आधारमा रहेर कुरा गर्दा, रोनाल्डोले उनको रियल मड्रीड फर्किने कुरा फ्लोरेन्टिनो पेरेज्सङ गर्न लगाएको कुरा छ।
अब आउने ट्रान्स्फर विन्डोमा २६ बर्षिय पल्हिन्हालाई डिफेन्सिभ मिडफिल्डरका रुपमा भित्र्याउदै अहिले रहेको समस्यालाइ हल गर्ने सच्याउने बिचार राल्फ राग्निकले लिएका छन।