रोनाल्डोले युभेन्टस छाड्ने, म्यानचेस्टर सिटि संग सम्झौता नजिक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने पक्का भएको छ।

उनले क्लब छाड्ने कुरा बाहिर आएसँगै म्यानचेष्टर सिटी सँग आवद्ध हुने कुराले बजार तात्तिएको छ।

सिटीमा अहिले फरवार्डको कमी भएको अवस्थामा उक्त हल्ला सार्थक जस्तै देखिएको छ।

आफ्ना अहिलेसम्मकै महान खेलाडी सर्जियो अग्युरोले क्लब छाडेसंगै सिटी उत्कृष्ट स्ट्राइकरको खोजीमा रहेको छ।

ह्यारी केनको ट्रानस्फर विफल भएसँगै सिटीले रोनाल्डोलाई भित्र्याउन आवश्यक कदम चाल्ने बताइएको छ।

यस्तो हल्ला चल्दा भने म्यानचेष्टर युनाइटेडका समर्थकलाई उक्त ट्रान्सफरको कुराले निराश बनाएको छ। सन् २००३ मा क्रिष्टियानो रोनाल्डो म्यान्चेस्टर युनाइटेडसँग आबद्ध भएका थिए। करिब ६ बर्षको म्यानचेस्टर बसाईमा क्रिष्टियानो रोनाल्डोले ३ लिग उपाधि, १ च्याम्पियन्स लिग, १ एफए कप र एक बलुन डी ओर जित्न सफल भएका थिए।

म्यानचेस्टर युनाइटेडबाट २९२ खेल खेल्दै ११८ गोल गरेका क्रिस्टियानो रोनाल्डोलाई कतिपय समर्थकले उनलाई म्यानचेष्टर युनाइटेडका महान खेलाडी मध्येका एक मान्ने गरेका छन्। परम्परागत कट्टर विरोधी भएका हुनाले सिटी र युनाइटेडका समर्थकले आफ्नो क्लवबाट खेलेका खेलाडी साटासाट भएको रुचाउन चाहँदैनन्। यस्तोमा सिटीले रोनाल्डोलाई भित्र्याउँदा युनाइटेडका समर्थकहरुमा कस्तो प्रभाव पर्न जान्छ त्यो त हेर्न बाँकी नै छ।

गत सिजन क्लबले घरेलु तथा युरोपियन प्रतियोगितामा स्तरीय प्रदर्शन देखाउन नसकेपछि रोनाल्डोले क्लब छाड्ने कुरा बाहिर आएको थियो।

लगातार आठ वर्षदेखि जित्दै आएको सेरिएको उपाधिमा पूर्णविराम लागेको अवस्थामा क्लबले युरोपियन प्रतियोगितामा पनि खासै असरदार प्रदर्शन देखाउन सकेको थिएन। क्लब भित्र आन्तरिक विवाद बढ्दै व्यवस्थापन पनि डामाडोल भएपछि रोनाल्डोको भविष्य अन्यौलमा देखिएको थियो। करिब तीन वर्षअगाडि कीर्तिमानी सय मिलियन डलरमा भित्रिएका रोनाल्डोले युभेन्टसका लागि एक सय गोल गरिसकेका छन्।

मेसीले बार्सिलोना छोडेर पिएसजी गएसँगै रोनाल्डोले पनि क्लब छाड्ने पक्कापक्की भएको छ। करिब १२ वर्षदेखि मेस्सी सँग चर्को प्रतिस्पर्धा गरिरहेका रोनाल्डो थप चुनौती स्वीकार्ने क्रममा सिटी जान लागेको अड्कल गर्न थालिएको छ।

 

 

Leave a Reply

Next Post

म्यानचेस्टर युनाईटेड रोनाल्डोलाई घर फर्काउने तयारीमा, म्यानचेस्टर सिटीले झिक्यो हात

Fri Aug 27 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनरले क्रिस्टियानो रोनाल्डोका लागि क्लबको ढोका सधैं खुला रहेको बताएका छन्। आइतबार हुने वुल्भ्स सँगको खेल अगाडि पत्रकार सम्मेलनमा बोल्दै युनाइटेडका प्रशिक्षकले, क्रिष्टियानो म्यान्चेस्टर युनाइटेडको मात्र नभई विश्व फुटबलमै महान खेलाडी भएका हुनाले उनका लागि आफुहरु सधै तयार रहेको बताएका छन्। ‘मैले […]
%d bloggers like this: