हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। रोनाल्डोको उत्कृष्ट प्रदर्शन !!
आज भएको टटेन्हाम बिरुद्दको महत्वपुर्ण खेलमा तिन गोल गर्दै रोनाल्डोले युनाइटेडलाइ जित दिलाएका छन्। १२ औ मिनेटमा फ्रेडको असिस्टलाइ गोलमा परिणत गर्दै पहिलो गोल गरेका थिए।
खेलको ३५औ मिनेटमा ह्यारी केनले पेनाल्टी गोल गर्दा, स्कोरलाइन बराबरीमा आएको थियो । त्यस लगतै ३८ औ मिनेटमा जेडन सेंचोको एसिस्टमा गोल गर्दै, रोनाल्डोले आफ्नो दोस्रो गोल गरे। उक्त गोलको मद्दतमा घरेलु टोलिले पहिलो हाफ अग्रतामा समाप्त गर्यो ।
दोस्रो हाफको सुरुवातबाटै आक्रामक रुप अपनाएको स्पर्सले ७२औ मिनेटमा बराबरी गरेको थियो । टटेन्हामका खेलाडिले दिएको उत्कृष्ट क्रसलाइ क्लियर गर्ने प्रयास गरेका ह्यारी केनले घाती गोल गर्दा खेल बराबरीको स्थितिमा पुग्यो।
८१ औ मिनेटमा एलेक्स तेलेसको शानदार कर्नरपासलाइ हेडिङ्ग गर्दै रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरे। खेल उक्त 3-२ को स्कोर लाइनमा नै समाप्त भयो।
जित संगै युनाइटेड चौथौ स्थानमा, ५० अंकका सहित उकलिएको छ।