हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाईटेडले आफ्नो पुर्व स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धित गरेको छ।
रोनाल्डो १२ बर्ष पछी म्यानचेस्टर फर्किएका छन्। रिपोर्टका अनुसार युनाईटेड र क्रिस्टियानो बीच २०२३ सम्मका लागि सम्झौता भएको छ।
युभेन्टससंग रोनाल्डोको लागि म्यान्चेस्टर युनाईटेडले झन्डै २० मिलियन युरोको सम्झौता गरेको छ।
उनको तलबको बारेमा भने आधिकारिक यतिनै भनेर बाहिर आइसकेको छैन तर केहि रिपोर्टका अनुसार उनले म्यानचेस्टरमा साताको झन्डै २ लाख ५० हजार पाउण्ड पाउने छन्।
सन् २००९को समर ट्रान्सफरमा कीर्तिमानी रकममा म्यानचेस्टर बाट रिअल मड्रिड गएका रोनाल्डो करिब ९ बर्ष स्पेनमा र ३ बर्ष इटालीका लिगमा खेलेपछि पुनः युनाईटेड फर्किएका हुन।
५ पटकका बेलुन डी ओर बिजेता रोनाल्डो विश्व फुटबल ईतिहासकै सर्बकालिन महान खेलाडी मध्ये एक रहेका छन्।
९ बर्ष रिअल मड्रिडमा बस्दा क्लब इतिहासकै महान खेलाडी बन्ने क्रममा उनि ४३८ खेलमा ४५० गोल गर्न सफल भएका थिए।
सर्वाधिक गोलकर्ता बन्नेक्रममा रोनाल्डोले व्यक्तिगत ४ बेलुन डी ओर जितेका थिए।
रिअल मड्रिड बसाइका क्रममा रोनाल्डोले ४ च्याम्पियन्स लिग, २ ला लिगा, २ कोपा डेल रे, ३ क्लब विश्वकप र अन्य ट्रफि गर्दै कुल १५ ट्रफी जित्न सफल भए। रियल मड्रिडले लगातार ३ च्याम्पियन्स लिग उपाधि जित्ने रेकर्ड राख्दा रोनाल्डोले व्यक्तिगत रूपमै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।
९ सिजन मड्रिडबाट खेलिसकेपछी उनि कीर्तिमानी १०० मिलियन युरोमा इटालियन क्लब युवेंटसमा अनुबन्धित भए। ३३ बर्षको उमेरमा इटाली पुगेका रोनाल्डोले आफ्नो जादु त्यहाँ पनि चलाए। युवेंटसका लागि सबै भन्दा छिटो १०० गोल गर्ने रकर्ड उनकै नाममा रहेको छ।
तिन सिजन इटालीमा बिताउदा उनले दुई सेरिया, १ कोपा इटालिया र दुई सुपरकोपा इटालिया जितेका थिए।
इटालीको युवेन्टसमा पनि कीर्तिमानी रकममै अनुबन्धित भएका रोनाल्डो तिन सिजन त्यहाँ बिताएर म्यानचेस्टर युनाईटेड फर्किएका हुन।
सन् २००३मा १८ बर्षको उमेरमा म्यानचेस्टर युनाईटेड पुगेका क्रिस्टियानोले करिब ६ बर्ष को बसाईका क्रममा आफुलाई विश्वकै उत्कृस्ट खेलाडिको रुपमा आफुलाई स्थापित गरेका थिए।
युनाईटेडबाट कुल २९२ खेल खेल्दै ११८ गोल गरेका रोनाल्डोले क्लबमा रहदा करिब ६ बर्षको म्यानचेस्टर बसाईमा ३ लिग उपाधि, १ च्याम्पियन्स लिग, १ एफए कप र एक बलुन डी ओर जित्न सफल भएका थिए।
सन् २००८मा च्याम्पियन्स लिग र लिग उपाधि जित्दा युनाईटेडको प्रमुख खेलाडीका रुपमा रोनाल्डो थिए। सो सिजन कुल ४२ गोल गर्दै आफ्नो पहिलो बेलुन डी ओर जित्न सफल भएका थिए।
म्यानचेस्टर युनाइटेडबाट २९२ खेल खेल्दै ११८ गोल गरेका क्रिस्टियानो रोनाल्डोलाई समर्थकहरुले उनलाई म्यानचेष्टर युनाइटेडका महान खेलाडी मध्येका एक मान्ने गरेका छन्।