रोनाल्डो र टेन ह्यागले फर्काउलान त म्यानचेस्टर युनाईटेड?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एक समय एकअर्काका पर्याय बनेका म्यानचेस्टर युनाइटेड र प्रिमियर लिगको सम्बन्ध अहिले दुई ध्रुवमा विभाजित भएको छ।

भनाइको मतलब सिजन सुरुवात हुनासाथ प्रिमियर लिगको उपाधिका लागि प्रमुख दाबेदार हुने गरेको र बिजेता बन्ने गरेको युनाईटेड अहिले उस्तै छैन।

युनाईटेडले सन् २०१२/१३ को सिजन चरणमा कीर्तिमानी १३ औं पटक तथा शिर्ष डिभिजन मा २० औं पटक आफ्नो नाम लेखाउन सफल भएको थियो।

अप्रत्यासितरुपमा एक दशक अघि हात पारेको उक्त सफलता नै म्यानचेष्टर युनाइटेडको पछिल्लो सफलता रहेको छ। 

प्रिमियर लिगमा त्यसपश्चात् म्यानचेष्टर सिटीले चार पटक, लिभरपुलले एकपटक, चेल्सीले दुईपटक र लेस्टरले एकपटक गरेर उपाधिमा आफ्ना नाम लेखाइसकेका छन्।

आफ्ना चिरप्रतिद्वन्द्वी रहेका म्यानचेष्टर सिटी र लिभरपुलले आ आफ्ना सफलता मनाइरहँदा म्यान युनाईटेड भने अर्को कुनामा पिडित अवस्थामा देखिन्छ।

पछिल्लोपटक बिजेता बने पछि झण्डै ९ वर्षको अवधिमा यूनाइटेडले केवल दुईपटक शीर्ष दुईमा आफ्नो स्थान बनाउन सफल भएको छ। 

यसै सिजन पनि क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक ओलेलाई बर्खास्त गरेपछि म्यानचेष्टर युनाइटेडलाई आफ्नो सिजनको खराब अन्त्य गर्ने पक्का छ।

विश्वकै महान खेलाडी मध्येका स्टार क्रिष्टियानो रोनाल्डोले १२ बर्ष पश्चात म्यानचेस्टरमा आफ्नो पुनरागमन गराएपनि क्लबलाई पुरानै स्तरमा पुर्याउन सकेनन्। 

फुटबल क्लबको हरेक संरचनामा विवाद निम्त्याइरहेका युनाईटेडका मालिकका कारण पनि यो अवस्था निम्तिएको पुर्ब व्यवस्थापकहरुको भनाइ रहेको छ।

आउँदो सिजनबाट डच प्रशिक्षक एरिक टेन ह्यागले बिग्रेको म्यानचेस्टर युनाईटेडको अवस्था सुधार गर्ने दृढ संकल्प सहित रेड डेभिल्सलाई आफ्नो नयाँ क्लब छानेका छन्।

च्याम्पियन्स लिग छनौटबाट निकै पर रहेको म्यानचेष्टर युनाइटेडले आउँदो सिजन पुनः जरैबाट आफ्नो काम कारबाही अघि बढाउने देखिन्छ। 

त्यसका लागि नवनियुक्त प्रशिक्षक एरिकले काम सुरु गरिसकेका छन् भने युनाइटेड भित्र बल्ल संरचनात्मक अभ्यासहरू सुरु भएका छन्। 

 नयाँ प्रशिक्षकको आगमन संगै राग्निकको लगातारको मिडिया आक्रमणले, माथिल्लो तहबाट संरचना विकास गर्नुपर्छ भन्ने भान युनाईटेडलाई भएको देखिन्छ। 

टोलीमा हाल सर्वाधिक गोलकर्ता रहेका म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पनि नयाँ प्रशिक्षक सँग काम गर्न निकै उत्साहित रहेको बताएका छन्।

उनले क्लब छाड्ने हल्ला बजारमा व्याप्त भए पनि टेन ह्यागसँग मिलेर म्यानचेष्टर युनाइटेडलाई पुरानै धारमा फर्काउने उनको पनि अपेक्षा रहेको छ।

दुवैले एक-अर्काका कामलाई खुलेर प्रशंसा गरेका छन् भने एक अर्का संग मिलेर म्यानचेष्टर युनाइटेडलाई आउदो सिजन बलियो बनाउने बताइसकेका छन्। 

यस्तोमा उनीहरुबीचको सहकार्य के कस्तो हुने हो र युनाइटेड आगामी दिनमा कस्तो नतिजा देखाउनेछ त्यो त हेर्न बाँकी नै छ। 

 

 

Leave a Reply

Next Post

युरोपका शिर्ष दुई लिगको छिनोफानो अन्तिम दिनमा

Wed May 18 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा लिभरपुलले पुनरागमन जित निकाले सँगै उपाधि छिनोफानोका लागि अन्तिम दिन कुर्नुपर्ने भएको छ।  साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले म्यानचेस्टर सिटि विरुद्धको दुरी १ अङ्कमा झारेको हो। शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीले ३७ खेलमा ९० अङ्क बटुल्दा दोस्रो स्थानमा रहेको […]
%d bloggers like this: