रोनाल्डो र रुनीको वाकयुद्ध

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यान्चेस्टर युनाइटेडमा एकताका तहल्का मच्चाएका वाइन रुनी र क्रिष्टियानो रोनाल्डो बीच अहिले वाकयुद्ध सुरु भएको छ

गत साता लेस्टर सिटीसँग १-१ को बराबरी खेले पश्चात रुनीले टोलीको प्रदर्शनलाई लिएर खुसि देखिएनन्। 

नतिजा संगै रोनाल्डोको भविष्यका बारे रुनिले आफ्नो धारणा राखेका थिए। क्रिस्टियानोले भने उक्त आलोचनालाई राम्रोसँग लिन सकेनन्।

स्काई स्पोर्ट्सको सोमबार राती फुटबलमा देखा पर्दै, रुनीले मिडफिल्डर पाउल पोग्बासँगै क्रिस्टियानो रोनाल्डोलाई यस समरमा बेच्नु पर्ने बताए।

 उनले गत समरमा नम्बर ७ का हस्ती रोनाल्डोलाई पुनः क्लबमा फिर्ता बोलाउनु क्लबको हितमा नभएको दाबि समेत गरे।

“यदि तपाईंले भविष्यलाई हेर्नुभयो भने, मलाई लाग्छ कि तपाईंले अर्को दुई वा तीन वर्षमा म्यानचेस्टर युनाइटेडलाई सफलता पाउन, सम्भव सबै गर्नका लागि युवा, ट्रफीको तृष्णा बोकेका खेलाडीहरूसँग जानुपर्छ।

“उनी प्रगति गर्दैछन्, तर उनी २० वर्षको हुँदा उनी जस्तो खेलाडी होइनन्। उनी गोल गर्ने खतरा खेलाडी हुन्, तर मलाई लाग्छ कि बाँकी खेललाई अझ बढी आवश्यक छ।

त्यसको केही समय पछि रुनीले जेमी क्यारागर र होस्ट डेभिड जोन्सको फोटो इन्स्टाग्राममा पोस्ट गरेका थिए। 

तर सामाजिक सञ्जालमा क्रिष्टियानो रोनाल्डोले सामाजिक सन्जालमा उक्त पोस्टमा आरिसे भनेर टिप्पणी गरेका थिए।

प्रेस सम्मेलनमा रुनीलाई उक्त टिप्पणीको बारेमा सोध्दा उनले जवाफ फर्काउँदै यस संसारमा मेस्सि बाहेक सबै फुटबलर उनको सफलतालाई लिएर आरिस गर्ने जवाफ फर्काए।

उनले भने, ‘मैले आज बिहान त्यो देखे।’

“म भन्न चाहन्छु कि क्रिष्टियानोको ईर्ष्या नगर्ने ग्रहमा सायद कुनै फुटबलर छैन।

“उनको करियर, उसले जितेको ट्रफी, उसले कमाएको पैसा… उसको सिक्स प्याक!

” लियोनेल मेस्सी बाहेक प्रत्येक खेलाडी क्रिस्टियानोको ईर्ष्या गर्छन्।”

एकसमय संसारकै सबैभन्दा खतरनाक ट्रायोको रुपमा चिनिएका रोनाल्डो, रुनी र टेभेजले विश्व फुटबलमै उत्कृष्ट प्रदर्शन गरेका थिए।

स्मरणरहोस् यि दुवै खेलाडीले सन् २००८ मा म्यानचेष्टर युनाइटेडलाई युरोपेली कप तथा लिग जिताउन मुख्य भूमिका खेलेका थिए।

 

 

Leave a Reply

Next Post

विश्वकप पछि पेपलाई प्रशिक्षक बनाउन ब्राजिलको प्रस्ताब

Fri Apr 8 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलमा सर्वाधिक रुचाइएका प्रशिक्षक पेप ग्वार्डिओलालाई ब्राजिलको राष्ट्र टोलीले आउँदो विश्वकप पछि प्रशिक्षक बनाउने इच्छा व्यक्त गरेको छ।  आउँदो विश्वकप पश्चात हाल प्रशिक्षण गराइरहेका टेटेले ब्राजिलियन फुटबल टोलीसंगको आफ्नो यात्रा टुंग्याउने बताइएको छ।  म्यानचेस्टर सिटि संगको भविष्य पनि चाँडै नै टुंगो लगाउने बताएका पेपका लागि […]
%d bloggers like this: