रोमाञ्चक खेलमा अस्ट्रेलियाको साँघुरो जित !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। चौथौ टि-२० मा अस्ट्रेलियाद्वारा वेस्ट इण्डिज पराजित !!

टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अस्ट्रेलियाले २० ओभर ब्याटिङ्ग गर्दै राम्रो योगफल बनायो। कप्तान फिंच र मिचेल मार्शको ११४ रनको बिशाल साझेदारीको मद्दतले ११ ओभरमै अस्ट्रेलियाले १२६ रन बनाइसकेको थियो। तर अघिल्ला खेलको जस्तो फेरी पनि मिडल अर्डरको प्रदर्शन राम्रो हुन नसक्दा, २० ओभर सकिदा अस्ट्रेलियाले ६ विकेटको नोक्सानीमा १८९ रन बनायो।

अस्ट्रलियाका लागि फिंचले ३७ बलको सामना गर्दै तिन छक्का र पाच चौकाका साथ् ५३ रनको महत्वपुर्ण योगदान दिए भने, मिचेल मार्शले ४४ बलको सामना गर्दै ६ छक्का र चार चौकाको मद्दतले ७५ रन जोडे। मिडल अर्डरमा कुनै पनि ब्याट्सम्यानले उल्लेखनिय रन जोड्न नसक्दा, अस्ट्रेलियाको गतिलाइ घटाउने प्रयासमा वेस्ट इण्डिजका हय्डेन वाल्सले ४ ओभरमा २७ रन खर्चदै ३ विकेट लिएका थिए।

१९० रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले राम्रो सुरुवात गरेको थियो। लेण्ड्ल सिमंस र एभिन लिवेसले पहिलो पाच ओभरमै ६२ रन जोडेका थिए। पावार्प्लेमा पहिलो विकेटको रुपमा लेविस पबिलियाँ फ़र्किएपछि, क्रिजमा आएका क्रिस गेलभने आज रन बनाउन असफल रहे। १ रनमा गेल आउट हुदा, वेस्ट इण्डिजले ८६ रनमा दोस्रो विकेट गुमायो।

West Indies falls short by four runs

राम्रो गतिमा रन बनिरहदा पनि, घरेलु टोलिले लगातार रुपमा विकेट गुमाइरह्यो। १५ ओभरमा वेस्ट इण्डिजले १३२ रन जोड्दा पाच विकेट गुमाइसकेको थियो। क्रिजमा भएका रसेल र फेबियाँ एलेनले खेललाइ आफ्नो तर्फ ल्याउन निकै प्रयास गरेका थिए। खेलका अन्तिम केहि ओभरमा वेस्ट इण्डिजले निकै राम्रो ब्याटिङ्ग प्रदर्शन गरेको थियो।

Mitchel Marsh strikes during fourth T20

१९ औ ओभरमा खेलले प्रवेश गर्दा, वेस्ट इण्डिजलाइ १२ बलमा ३६ रनको आवश्यकता थियो। उक्त ओभरमा रसेलको एक छक्का र एलेनको तिन छक्काको मद्दतले २५ रन बन्न पुग्यो। अन्तिम बलमा फेबियन एलेनले आफ्नो विकेट भने गुमाएका थिए।

Mitchel Marsh Strikes a Fifty

दुइ ओभर बाकी रहदाको भन्दा अन्तिम ओभरमा निकै सजिलो इक्वेसन भएको थियो। वेस्ट इण्डिजलाइ ६ बलमा ११ रनको आवश्यकता थियो र स्ट्राइकमा थिए आन्द्रे रसेल। स्टार्कद्वारा गरिएको अन्तिम ओभरमा, पहिलो चार बलमा कुनै पनि रन आउन सकेन। अन्तिमको दुइ बलमा दुइ र चौका गरि ६ रन आउदा, अस्ट्रेलियाले खेल ४ रनले जितेको हो।

Zampa Strikes in the fourth T20

यस शृंखलामा अस्ट्रेलियाको यो पहिलो जित हो भने अघिल्लो खेलको जित संगै वेस्ट इण्डिजले शृंखलामा जित हासिल गरिसकेको छ।

Leave a Reply

Next Post

पहिलो टि-२० अन्तर्राष्ट्रियमा पाकिस्तानको रोमाञ्चक जित, इङ्ग्ल्याण्ड स्तब्द !!

Sat Jul 17 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। शानदार प्रदर्शन गर्दै, पाकिस्तानद्वारा इंग्ल्यान्ड पराजित एकदिवसीय शृंखलामा आफ्नो नाम गरे पछि आज टि-२० शृंखलातर्फको पहिलो खेलमा पराजय भोगेको छ। हाइ स्कोरिंग ग्राउण्डमा पहिला फ़िल्डीङ्ग गर्ने निर्णय गरेको इङ्ग्ल्याण्ड्को सामु, पाकिस्तानले बिशाल योगफल तयार गर्यो। ओपनर बाबर आजम र मोहम्मद रिजवानको खतरनाक साझेदारीको मद्दतले पाकिस्तानले राम्रो […]
%d bloggers like this: