हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। टस जितेर पहिला ब्याटिङ्ग गरेको चेन्नाई सुपर किंग्सले २० ओभर ब्याटिङ्ग गर्दै १९१ रन बनायो।
फाफ डुप्लेसिस र रुतुराज गैक्वाडले सिएसकेलाइ उत्कृष्ट सुरुवात दिलाए । गैक्वाडको ३३ रन, र डुप्लेसिसको ५० रनको पारि पश्चात चेन्नाईले ठुलो स्कोरको आशा गरेको थियो। सुरेश रैनाको आक्रामक २४, रायुडुको १४ र रबिन्द्र जडेजाको ६२ रनको आकर्षक पारिको मद्दतले चेन्नाईले बिराट कोहलीको बेंगलोरका लागि १९२ रनको बिजयी लक्ष्य पेस गर्यो ।
१९२ रनको लक्ष्य पछ्याएको बेंगलोरका लागि ओपनर देब्दत पड्डिकलले आक्रामक सुरुवात गरे। मात्र चार ओभरमै ४४ रन बनाइसकेको बेंगलोरले लगातार रुपमा विकेट गुमाउदा, चेन्नाई खेलमा पुर्ण ढंगले हाबी भएको हो।
रबिन्द्र जडेजाले तिन विकेट चट्काए। जडेजाले पहिला, वाशिंगटन सुन्दरलाइ रुतुराजको हातबात क्याच आउट त्यसपश्चात राम्रो लयमा भएका ग्लेन म्याक्स्वेल र ए बि डि भिल्लार्सलाइ बोल्ड गर्दै खेलमा सिएस्केको पकड बलियो बनाएका थिए । जाडेजाले ४ ओभरमा मात्र १३ रन खर्चदै १ मैडेनका साथ् ३ विकेट चट्काए।
उत्कृष्ट थ्रोका साथ् जाडेजाले डेनियल क्रिस्टियनलाइ रन आउट पनि गरेका थिए।
जित संगै चेन्नाई सुपर किंग्स इण्डियन प्रिमियर लिग २०२१ को अंक तालिकामा पहिलो स्थानमा उकलिएको छ भने, रोयल च्याल्नेजर बेंगलोर दोस्रो स्थानमा झरेको छ ।
यस संगै चेन्नाईले ६९ रनको जित हासिल गरेको थियो। २० ओभर ब्याटिंग गर्दै, रोयल च्यालेञ्जर बेंगलोरले ९ विकेट गुमाउदै मात्र १२२ रन बनाउन सफल भयो।
यस खेलमा जडेजाको प्रभाब निकै धेरै रहेको थियो। उनका केहि महत्वपुर्ण यॉगदान यसप्रकार रहे:
ब्याटिङ्ग : २८ बल ६२ रन। चार चौका। ५ छक्का
बलिङ्ग : ४ ओभर – १३ रन – ३ विकेट
फ़िल्डिङ्ग : १ डाइरेक्ट हिट !