हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौंमा आज देखि सुरु भएको ललितपुर मेयर महिला टि ट्वान्टी च्याम्पियनशिपमा सुदुरपश्चिमले बिजयी सुरुवात गरेको छ।
किर्तिपुर स्थित टियु अन्तरास्ट्रिय खेल मैदानमा ललितपुर मेयर्स ११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिम पहिलो खेलमै अंक जोड्न सफल भएको छ।
सुदूरपश्चिमले दिएको १४४ रनको बिजयी लक्ष्य पछ्याएको ललितपुरले, निर्धारित २० ओभरमा ७ विकेट गुमाउदा केवल ८५ रन बनाएको थियो।
ललितपुरका तर्फबाट कप्तान सरस्वती कुमारीले सर्बाधिक २६ रन बनाउदा साना प्रविनले १५ रन जोडिन। ओपनर कन्चन श्रेष्ठले १० रन बनाउदा अन्य ब्याटरहरु एक अंकको स्कोरमा सीमित भएका थिए।
सुदुरपश्चिमका लागि लक्ष्मी साउदले ३ ओभरमा ३३ रन दिदै सर्वाधिक ३ विकेट हात पारिन्।
४ ओभर बलिङ गरेकी कविता कुँवरले एक मेडन ओभर केवल पाँच रन दिएर दुई विकेट आफ्नो नाममा गरेकी थिइन्।
त्यसै गरि इश्वरी विष्ट र सम्झना खड्काले समान एक–एक विकेट लिएका थिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४३ रन बनाएको थियो।
सुदुरपश्चिमका लागि कप्तान रितु कनौजियाले सर्वाधिक ४२ रन बनाउदा रेवती ढकालले २९, विन्दु रावलले २८ तथा डोली भट्टले २५ रन जोडे ।
मेयर्स–११ का लागि खुसी डंगोलले सर्वाधिक २ विकेट हात पार्दा अनुराधा चौधरी, आरती विडारी र अस्मीना कर्माचार्यले एक–एक विकेट लिए ।