लालिगामा दोस्रो स्थानमा उक्लियो बार्सिलोना, जाभीको उपाधि माथि नजर

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दुई साताको अन्तर्राष्ट्रिय ब्रेक पछि मैदानमा पुनः उत्रिएको बार्सिलोनाले सेभियामाथि १-० को साँघुरो जित निकालेको छ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा लगातार १४ खेलमा अपराजित यात्रा कायम गर्ने क्रममा बार्साका लागि पेड्रीले एक मात्र गोल गरेका थिए।

जितसँगै बार्सिलोना ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानको मड्रिडसँग १२ अंकको दुरी कायम गरेको छ।

 मड्रिडले बार्सिलोना भन्दा एक खेल बढी खेल्दै ला लिगामा शीर्षस्थानमा आफ्नो दबाब यथावत राख्दा बार्सिलोनालाई अर्को खेलमा अङ्क दुरी घटाउने राम्रो अवसर रहेको छ।

 नयाँ प्रशिक्षक जाभीको नेतृत्वमा निकै आक्रमक रुपमा प्रस्तुत भइरहेको बार्सिलोनाले यदि लय विस्तार गर्ने हो भने रियल मड्रिडका लागि टाउको दुखाइको विषय बन्न सक्नेछ।

लिगमा ८ खेल बाँकी छँदा १२ अंकको अग्रता बनाएपनि रियल मड्रिडले यसबीचमा कुनै पनि खेलमा अङ्क गुमाउन पुगेमा स्वतः उसलाई अन्य खेलमा जित्नै पर्ने दबाब बढ्न सक्नेछ।

सेभिया विरुद्ध जित निकालेपछि बार्सिलोनाका प्रशिक्षक जाभीले लिगमा हरेक गणितीय सम्भावना जीवित रहुञ्जेल बार्सिलोनाले हार नमान्ने र लालिगाको उपाधि अहिले नै नहाप्ने बताए

उनको टोलीले “सन्देश पठाउने” बारे नसोचेको भए पनि फ्यानहरूको प्रयासबाट उनी खुसी भएको र खेलाडीहरूले म्याड्रिडलाई पछ्याउने प्रयास गर्नेछन् भनेर आफ्नो धारणा ब्यक्त गरे।

“हामीले कसैलाई सन्देश पठाएका छैनौं।” उनले थपे। “हामीले यसलाई आफैंलाई पठाएका थियौं। हामीले जित्यौं र राम्रो प्रदर्शन गर्यौं।

“वातावरण असाधारण थियो। र ला लिगामा, जबसम्म संख्याले अन्यथा नभन्दैन, हामी लडीरहनेछौं।” सेभियाको अपराजित १५ खेलको यात्रालाई टुंग्याए पश्चात जाभीले बताए।

ला लिगामा बार्सिलोनाले फेब्रुअरी २०२० पस्चात क्याम्प नोउमा लगातार तिन खेलमा क्लिन शीट राख्न सफल भएको छ।

क्याटलन टोलीको जित संगै दोस्रो स्थानको लडाई भने रोमान्चक हुने देखिन्छ। बार्सिलोना, एतलेतिको र सेभिया तिनै टोलीको ५७ अंक भएको छ जसमा बार्सिलोनाले दुई टिम भन्दा एक खेल कम खेलेको छ।

Leave a Reply

Next Post

नेपालद्वारा पपुवा न्युगिनी सामु मध्यम लक्ष्य प्रस्तुत, करण केसीको शानदार ब्याटिंग

Mon Apr 4 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौंमा जारी त्रिदेशीय टि ट्वान्टी फाइनलमा नेपालले पपुवा न्युगिनीलाई १६९ रनको मध्यम लक्ष्य दिएको छ। किर्तिपुर स्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन जोडेको थियो। मध्यक्रममा सम्हालिन नसकेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ […]
%d bloggers like this: