लालिगा : रोमान्चक खेलमा बार्सिलोनालाइ महत्वपूर्ण तिन अंक !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | एथलेटिक बिल्बाओ बिरुद्दको पछिल्लो खेलमा बराबरी गरेको बार्सिलोनाले आजको खेलमा भने जित निकालेको छ।

क्याम्प नौमा भएको खेलमा गेटाफेलाई बार्सिलोनाले २-१ को गोलान्तरले पराजित गरेको हो।

सर्जियो रोबर्टोको गोलमा दोस्रो मिनेटमा नै अग्रता लिएको बार्सिलोनाले सुरुवाती मिनेटबाटै पाहुना टोलिलाइ दबाबमा राखेको थियो।

अट्याकलाई विशेषता दिएको बार्सिलोनाले १८औ मिनेटमा गोल कन्सिड गर्न पुग्यो। एलेनाको एसिस्टमा , गोल गर्दै रमिरेजले खेलमा बराबरी निम्त्याएका थिए ।

१-१ स्कोरमा सन्तुलित देखिएको खेलमा, पहिलो हाफ नसकिदै अर्को गोल हुन पुग्यो।

फ्रेन्की डियङको एसिस्टलाइ गोलमा परिणत्त गर्दै मेम्फिस डिपेले बर्सिलोनालाइ पुन: अग्रताको स्थितिमा ल्याएका थिए।

पहिलो हाफ २-१ को स्कोरमै सकियो। दोस्रो हाफमा दुबै टोलिबाट उत्तिकै प्रयासहरु भए, तर मौकाहरुलाइ गोलमा भने कुनै पनि टोलिले परिणत गर्न सकेन।

९० मिनेटको खेल सकिदा, खेलको स्कोर २-१ नै रहयो र बार्सिलोनाले सहज जित निस्चित गर्यो ।

जित सङ्गै , ३ खेलमा ७ अंकका साथ बार्सिलोना अहिले तालिकाको चौथो स्थानमा रहेको छ। उ माथी भएका अरु टोलिको पनि उत्तिकै अंक भएपनी , गोलान्तरले भने बार्सिलोना पछाडी परेको हो।

अर्को भेट अन्तर्गत, १२ सेप्टेम्बरमा बार्सिलोनाले सेभिल्लालाइ उसकै घरमा सामना गर्ने छ।

Leave a Reply

Next Post

एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पिएसजी बिजयी, मेस्सीको भब्य स्वागत् !!

Mon Aug 30 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। लिग १ अन्तर्गत पिएसजीले लगातार चौथौ जित हासिल गरेको छ। चार खेलमा १२ अंक र ७ गोलान्तरका साथ् पीएसजी अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। गएराती भएको खेलमा एम्बाप्पेले १६ औ र ६३ औ मिनेटमा गरि दुइ गोल गरेका थिए। हाफ टाइममा १-० को अग्रता लिएको पिएसजीले, […]
%d bloggers like this: