हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलमा सबैभन्दा बढी रुचाइएको र हेरिने एल क्लासिको अन्तर्गत यसवर्षको पहिलो खेल आज बार्सिलोनामा हुँदैछ।
लिगमा तेस्रो स्थानमा रहेको रियल मड्रिडलाई आठौं स्थानमा रहेको बार्सिलोनाले आज बेलुकी आतिथ्यता गर्दैछ।
केही सातायता निकै राम्रो प्रदर्शन गरिरहेको रियल मड्रिडले बार्सिलोना बिरुद्ध जित निकाल्ने धेरैले अनुमान गरिए तापनि घरेलु टोलीले अघिल्लो खेलमा गरेको प्रदर्शनले खेल निकै रोमान्चक हुने अपेक्षा गर्न सकिन्छ।
आफ्नाे स्टार खेलाडी लियोनल मेस्सी विना बार्सिलोना करिब १७ सिजन पछि पहिलो एल क्लासिको खेल्दैछ।
यि दुई टोली आपसमा अहिलेसम्म कुल १८२ पटक प्रतिस्पर्धा गर्दा रियल मड्रिडले सर्वाधिक ७५ पटक जित निकालेको छ भने बार्सिलोनाले ७२ पटक जितेको छ।
बार्सिलोनाले भने आफ्नो घरेलु मैदानमा ५० जित २१ बराबर र २१ हारको नतिजा निकालेको छ।
केहि सिजन यता राम्रो लयमा नरहेको बार्सिलोना विरुद्ध रियल मड्रिडले गत सिजन आफ्नै घरेलु मैदानमा ३-१ को नतिजा सुम्पिन पुगेको थियो।
बार्सिलोना सन् २०१९ यता रियल मड्रिड विरुद्ध एल क्लासिकोमा जित निकाल्न निकाल्न असफल रहेको छ।
एकसमय स्टार खेलाडीहरूको बाहुल्यता रहेको बार्सिलोनाको टोली अहिले लगातार एकपछि अर्को असफलता पारिरहेको बेला आधा रियल विरुद्ध हुने खेललाई यस्तै सिजनकै महत्वपूर्ण खेल मध्येको एक मानिएको छ।
एक समय रोनाल्डो, मेस्सी, नेमार, डी मारिया जस्ता विश्व फुटबलका हस्तीहरु ले तहल्का मच्चाएको यस एल क्लासिकोमा हाल स्तर त्यो समयको जस्तो नभए पनि विश्व फुटबलमा आफूतर्फ ध्यान आकर्षित गर्ने खुबी भने रहेको छ।
८ खेलबाट १७ अङ्क बटुल्दै तालिकाको तेस्रो स्थानमा रहेको रियल मड्रिड आज बार्सिलोना बिरुद्ध जित निकाल्न सके ९ खेलबाट २० अङ्क बटुल्दै तालिकामा शीर्ष स्थानमा रहेको रियल सोसीडाड संग बराबरी गर्नेछ।
खेल आज बेलुकी ८ बजे बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुनेछ।