ला लिगामा बार्सिलोनाको चौथो हार!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस ला लिगा अन्तर्गत शनिबार  भएको खेलमा बार्सिलोना आफ्नो घरेलु मैदानमा पराजित भएको छ।

रियल बेटिस विरुद्ध लिगको आफ्नो १५औ चरणको खेलमा नोउ क्याम्पमा शनिबार राति बार्सिलोना १-० गोल अन्तरले पराजित भएको हो।

नतिजा संगै बार्सिलोनाका नयाँ प्रशिक्षक जाभिको नेतृत्वमा बार्सिलोनाले लिगमा पहिलो हार बेहोरेको छ।

पहिलो हाफ गोल रहित बराबरीमा टुंगिए पनि बेटिसले समग्र खेलमा घरेलु टोलि भन्दा राम्रो प्रदर्शन गरेको थियो।

दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेपनि अग्रता लिन भने सकेनन्. फाट्टफुट्ट निस्केका अवसर हरु खेर फ्याकदा बार्साले महत्वपूर्ण ३ अंक गुमाएको थियो।

यस सिजन उच्च प्रदर्शन गर्दै आईरहेको बेटिसको टोलीका लागि दोस्रो हाफमा जुआन्मीले दोस्रो हाफको ७९औ मिनेटमा गोल गर्दै टीमलाई जित दिलाएका थिए।

काउन्टर अट्याकमा पाएको अवसरलाई राम्रो फिनिशिंग गर्दै उनले पाहुना टोलीलाई ३ अंक सुनिश्चित गरेका थिए।

जारि सिजनमा बेटिसको यो नवौं जित रहेको छ भने ३० अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा उक्लन सफल भएको छ।

प्रशिक्षक पेलेग्रिनीको नेतृत्वमा बेटिसले शिर्ष ४ मा आफ्नो स्थान बनाउन लगातार कोशिस जारि राखेको छ।

अर्को तर्फ चौथो हार बेहोरेको क्यटालन टोलि बार्साको भने शिर्ष चारको यात्रा, पराजय पश्चात थप कमजोर बन्न पुगेको छ। बार्सिलोना अहिले  १५ खेलमा २३ अंकका साथ तालिकाको सातौ स्थानमा रहेको छ भने उ भन्दा एक खेल कम खेल्दै चौथो स्थानमा बसेको एटलेटीको मड्रिड भन्दा ५ अंक पछि रहेको छ।

Leave a Reply

Next Post

लेन्स विरुद्ध पेरिसको कठिन बराबरी, मेस्सीको खराब लय यथावत

Sun Dec 5 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जर्जिनियो विजनाल्डमले लेन्स बिरूद्ध इन्जुरी टाइम हेडर गरेपछि लिग वान लिडर पेरिस सेन्ट जर्मेनले संघर्षपूर्ण रुपमा एक अंक बचाएको छ। विजनाल्डमले पेरिसका स्टार खेलाडी केलियन एमबाप्पेको उत्कृष्ट क्रसमा हेड गरे। बराबरी गर्न केहि समय अघि अघि किलियन एम्बप्पेको प्रहार जीन लुइस लेकाले गोल उत्कृस्ट बचाव गरेका […]
%d bloggers like this: