लिगमा आर्सनलको लगातार तेस्रो जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| प्रिमियर लिगमा आर्सनलले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै वाटफर्ड माथि १-० को जित हासिल गरेको छ।

सिजनको दुःखद सुरुवात गरेपनि आर्सनलको अहिलेको पुनरागमन भने हेर्न लायकको बनेको छ।

लिगमा पछिल्ला ८ खेलमा अपराजित रहेको लन्डन महारथी आर्सनलको आइतबार बेलुकी वाटफर्ड बिरुद्ध लगातार तेस्रो जित रहेको छ।

घरेलु दर्शक माझ आर्सनलले पहिलो हाफमा केही राम्रा अवसरहरु सिर्जना गरेपनि उचित उपयोग भने गर्न सकेन। राम्रा मौका खेर फ्याँक्दा पहिलो हाफ गोरहित हुन पुगेको थियो।

पहिलो हाफमा आर्सनलका लागि युवा खेलाडी साकाले गोल गरेपनि पछि भार ले उक्त गोल अफसाइड घोषित गरेको थियो।

आर्सनलका स्टार खेलाडी अबामियाङले पहिलो हाफको ३६औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा खेल पहिलो हाफमा बराबरीमा रोकिएको थियो।

घरेलु मैदानमा जित निकाल्ने क्रममा आर्सनलका लागि स्मिथ रोवे ले दोस्रो हाफको ५६औं मिनेटमा एकमात्र निर्णायक गोल गरेका थिए।

खेलमा त्यसपश्चात कुनै तर्फबाट गोल नभएपछि आर्सनलले १-० जित आफ्नो पक्षमा पारेको थियो।

जित सँगै म्यान्चेस्टर युनाइटेडलाई उछिन्दै आर्सनल तालिकाको पाचौं स्थानमा उक्लिएको छ। वाटफर्ड भने पछिल्ला ५ खेलमा ४ मा हार बेहोर्दै तालिकाको १७औ स्थानमा झरेको छ भने रेलीगेसनमा अझ दबाब बढ्न सक्ने सम्भावना रहेको छ।

Leave a Reply

Next Post

लिभरपुल विरुद्ध वेस्ट ह्यामको शानदार जित

Mon Nov 8 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा आइतबार बेलुकी भएको खेलमा वेस्ट ह्यामले लिभरपुल विरूद्ध शानदार जित निकालेको छ। लन्डन स्टेडियममा लिभरपुलको अपराजित यात्रालाई पूर्णविराम लगाउने क्रममा वेस्टले ह्यामले ३-२ को नतिजा आफ्नो पक्षमा पारेको थियो। प्रिमियर लिगमा १० खेल अपराजित रहेको लिभरपुल विरुद्ध घरेलु टोलीले शानदार प्रदर्शन गरेको थियो। […]
%d bloggers like this: