लिगमा मोफसलका टोलीलाई पनि समावेश गराउने समय आएको हो कि?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| वर्षैपिच्छे खस्कँदो लिगको गुणस्तर र अखिल नेपाल फुटबल सङ्घ भित्रको किचलो नेपाली फुटबलमा चियामा चिनी जस्तै भएको छ।

निर्धारित मितिबाट सारिएको नेपाल सुपर लिगको काण्ड हेर्ने हो भने अखिल नेपाल फुटबल सङ्घको स्थिती छर्लंगै देखिन्छ।

खाली फुटबलको विकासका कुरा मात्र हुने एन्फामा कार्यविधि चाहिँ शुन्य बराबर।

कुनै पनि देशको फुटबलको विकासका लागि धरोहर मानिने उसको राष्ट्रिय ए डिभिजन लिग नेपालमा उस्तै अस्तव्यस्त रहेको छ।

 नामचाहिँ राष्ट्रिय ए डिभिजन लिग भनेपनि अहिले सम्म काठमाडौँ उपत्यकाभित्रका क्लबहरू बाहेक अन्य क्लबको सहभागिता एक-आधा रहेको छ।

 दुई महिनामा सकिने लिग, त्यसमाथि थोरै टोली, माथिल्लो तहमा खेलाडीहरूको पनि न्यून उपस्थितिले गर्दा नेपाली फुटबलमा हुनुपर्ने क्षमतामा ह्रास आएको छ।

ए डिभिजन त जसोतसो एन्फाले धानिरहेको छ तर संरचनात्मक हिसाबले हेर्ने हो भने उत्तिनै महत्वपूर्ण रहेको दोस्रो डिभिजनको भने खासै महत्व रहेको छैन।

 मन लागेको बेला प्रतियोगिताको गराउने मन नलागेको बेला प्रतियोगिता नगराउने, उमेर समूहको संरचना पनि उत्तिकै अस्तव्यस्त कतै पनि कुनै पनि आधार संस्थागत भएर लागिपरेको देखिँदैन।

 जिल्ला फुटबलमा पनि पदाधिकारीहरूको भद्रगोल छ। खेलाडी विकास तथा उत्पादनमा जिल्लामा हुनुपर्ने प्रतियोगिताको मतलबै छैन कुर्सी भए सबैलाई पुग्ने। 

 वर्षैपिच्छे विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट आउने बजेट तथा नेपाल सरकारले दिने बजेट नआउने हैन आउँछ, तर कता जान्छ पत्तो छैन।

धन्न भन्नुपर्छ, ए डिभिजन लिग बाहेक नेपालमा प्रमुख धरोहरका रुपमा काठमाडौँ उपत्यका बाहिर हुने गोल्डकपहरु रहेका छन्।

यस्ता मोफसल प्रतियोगिताहरुले गर्दा नै नेपालका ठूला फुटबल क्लबहरू अहिलेसम्म धानिरहेका छन्। 

तर विडम्बना के भने नेपालको फुटबलको संरचना यदि गैरजिम्मेवार छ कि नेपालमै हरेक क्षेत्रबाट खेलाडीहरुले राष्ट्रिय लिगमा सहभागिता जनाउन पाउँदैनन्।

जुनसुकै देशमा जुन सुकै खेलको विकासका लागि खेलकुदमा विकेन्द्रीकरण गर्न निकै आवश्यक हुन्छ। 

मोफसलमा सहभागिता जनाउने हरेक टोलीले नेपालका राष्ट्रिय डिभिजन च्याम्पियन भनाउँदा ठूला क्लबहरुलाई पटकपटक चुनौती दिने गरेका छन्।

तर त्यस्ता टोलिलाई सहभागी गराउने अखिल नेपाल फुटबल सङ्घले संरचना बदल्ने व्यवस्था गरेकै छैन। 

लिगमा टोलीहरूको संख्या बढाउने कुनै ठोस कदम त परै जाओस् समयमै हुनुपर्ने प्रतियोगिता पनि अन्योलमा पारिदिने गरेको छ। 

फुटबलको विकास गर्ने हो भने, समुदाय स्तरदेखि लिएर जिल्ला, जिल्लाबाट क्षेत्रिय अथवा संघीय स्तरमा नेपालको फुटबलको संरचना मर्मत सम्भार गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको छ।

सपना युरोपियन फुटबल को जस्तै देख्नेले कार्य पनि सोहीअनुसारको गर्नुपर्ने देखिन्छ।

समुदाय स्तरमै फुटबललाई एउटा संस्कारको रुपमा विकास नगरेसम्म नेपालले आधुनिक फुटबलको सपना नदेखेपनि हुन्छ।  

त्यसैकारण फुटबलमा विकेन्द्रीकरण आवश्यक छ। हरेक जिल्ला हरेक समुदायबाट खेलाडीले आफ्नो ठाउँको प्रतिनिधित्व गर्न पाउनु पर्छ तब मात्र नेपालमा फूटबलको विकास सम्भब छ।

 त्यसकालागि अखिल नेपाल फुटबल सङ्घले ए डिभिजन लिगमा हरेक क्षेत्रबाट टोलीलाई समावेश गराउन समय आएको छ। 

Leave a Reply

Next Post

महिला विश्वकप : अस्ट्रेलियालाई सातौं उपाधि

Sun Apr 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चिरप्रतिद्वन्द्वी इंग्ल्याण्डलाई ७२ रनले हराउँदै अष्ट्रेलियाले सातौं पटक महिला एकदिवसिया विश्वकप उपाधि जितेको छ।  जित संगै झण्डै एक दशकको लामो पर्खाई पश्चात, अस्ट्रेलियाली महिला टोलीले विश्वकपमा आफ्नो नाम पुनः लेखाउन सफल भएको छ।  अष्ट्रेलिया यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा च्याम्पियन बनेको […]
%d bloggers like this: