लिड्स विरुद्ध म्यानचेस्टर युनाईटेडको रोमान्चक जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिड्स युनाईटेडलाई हराउदै म्यानचेस्टर युनाईटेडले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ।

लिड्सको घरेलु मैदान एलेंड रोडमा भएको खेलमा घरेलु टोलिलाई ४-२ गोल अन्तरले हराउदै म्यानचेस्टरले शिर्ष ४ को अभियानलाई निरन्तरता दिएको हो।

म्यानचेस्टर युनाईटेडको जितमा इन्ग्लिश विंगर जेडन सांचोले शानदार खेल प्रस्तुत गरेका थिए। दुई एस्सिस्ट दिएका उनलाई अर्का स्टार मिडफिल्डर ब्रुनो फर्नान्देसले राम्रो साथ दिएका थिए।

पहिलो हाफको ३४औ मिनेटमा कर्नर मार्फत गोल गर्दै म्यान युनाईटेडका कप्तान ह्यारी मग्वायरले पाहुना टोलीलाई १-० को अग्रता दिलाएका थिए।

त्यसै गरि जेडन सान्चोको पासमा राम्रो हेडर गर्दै ब्रुनो फर्नानडेसले ४५ औ मिनेटको इन्ज्युरी समयमा गोल गर्दा म्यानचेस्टरले पहिलो हाफमा २-० को अग्रता लिएको थियो।

पहिलो हाफमा शान्त देखिएको घरेलु टोलि दोस्रो हाफमा आक्रामक बन्दा खेल निकै रोमान्चक स्थितिमा पुगेको थियो।

दोस्रो हाफको सुरुवातमै लिड्सका लागि रोद्रिगो मोरेनोले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए। ५३ औ डी बक्स बाहिरबाट गरेको प्रहारले निकै आकर्षक ढंगमा जाली चुमेको थियो।

पहिलो गोल फर्काएको एक मिनेटमै अर्का प्रतिस्थापित खेलाडी राफिन्हाले ड्यानिल जेम्सको पासमा ५४औ मिनेटमा गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याएका थिए।

तर युनाईटेडका लागि ब्राजिलियन मिडफिल्डर फ्रेडले जेडन सान्चोको पासमा उत्कृस्ट गोल गर्दै खेलको ७०औ मिनेटमा गोल गर्दै युनाईटेडलाई पुनः अग्रता दिलाउन सफल भए।

त्यसैगरि खेलको अन्त्य तिर युवा विंगर एन्थोनी एलांगाले ८८ औ मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाईटेडको लगातार अपराजित यात्रा सुनिस्चित पारेका थिए।

नतिजा संगै म्यानचेस्टर युनाईटेडले २६ खेलबाट ४६ अंक जोड्दै तालिकामा चौथो स्थानमा उक्लेको छ भने पाँचौ स्थानको वेस्ट ह्याम संग समान खेल खेल्दै ४ अंकको अग्रता बनाएको छ।

हार बेहोरेको लिड्स भने २३ अंकका साथ १५ औ स्थानमा रहेको छ।

Leave a Reply

Next Post

नेपालले अन्तरास्ट्रिय टि-ट्वान्टी सिरिज आयोजना गर्ने

Mon Feb 21 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल क्रिकेट संघले तिन देश सम्मिलित त्रिकोणात्मक अन्तरास्ट्रिय टि ट्वान्टी प्रतियोगिता आयोजना गर्ने जनाएको छ। नेपाली क्रिकेट टोलि हाल टि ट्वान्टी विश्वकप छनौटका लागि ओमानमा ब्यस्त रहँदा क्रिकेट संघले सामाजिक संजाल मार्फत उक्त जानकारी दिएको हो। विश्वकप छनौट पश्चात नेपाली टोलि विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत, […]
%d bloggers like this: