लिभरपुलको जितको शृंखला कायमै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मर्सीसाइड डर्बीमा एभर्टन विरुद्ध २-० को जित निकाल्दै लिभरपुलले प्रिमियर लिगमा जितको शृंखला कायमै राखेको छ।

घरेलु मैदान एनफिल्डमा उत्कृस्ट खेल प्रदर्शन गरेको लिभरपुलका लागि फुल ब्याक एन्डी रोबर्टसन र डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण ३ अंक दिलाए

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दुवै गोल लिभरपुलले दोस्रो हाफमा गरेको थियो।

खेलको अधिकांश समय लिभरपुलकै पक्षमा बल भएपनि गोल निकाल्न भने घरेलु टोलीलाई निकै मुस्किल परेको थियो।

दोस्रो हाफको ६२औ मिनेटमा राम्रो मुभ निकाल्दै मोहम्मद सलाहको क्रसमा हेडर गोल गर्दै रोबर्टसनले घरेलु टोलीलाई १-० को अग्रता दिलाए।

खेलको अन्त्य तर्फ ८५औ मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई ३ अंकको हकदार बनाए।

निकै रक्षात्मक खेल प्रदर्शन गरेको एभर्टनले खेलमा अंक बाड्ने हर सम्भब प्रयास गरेपनि लिभरपुलको स्तरलाई रोक्न सकेन।

पहिलो हाफमा केवल ३७ पास खेलेको एभर्टनले लिभरपुलको पोस्टमा कुनै समयमा पनि स्पस्ट गोल गर्ने मौका सिर्जना गर्न सकेन।

खेल भरी झन्डै ८०% भन्दा बल स्वामित्व राखेको लिभरपुलले यस सिजन एकै खेलमा सबै भन्दा बढी बल राख्ने रेकर्ड सम्भवतः आफ्नै नाममा राखेको छ।

जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटी संगको दुरी एक अङ्कमा कायमै राखेको छ।

निकै रोमाञ्चक प्रतिस्पर्धा गरिरहेका दुवै टोलीले एक अर्कालाई राम्रो दबाब दिईरहेका छन्।

दुई मध्ये एक टोलीले अबका खेलमा अंक गुमाउन पुगे, शिर्ष डिभिजनको उपाधि जित्ने सम्भावनामा धक्का लाग्ने छ।

रेलिगेसन संघर्सरत एभर्टनलाई भने हारले नमिठो धक्का दिएको छ।

जारि सिजनमा निकै खराब प्रदर्शन गरिरहेको मर्सीसाइड टोलि हाल तालिकामा ३२ खेलमा २९ अंक जोड्दै १८ औ स्थानमा झरेको छ

हार बेहोरेको एभर्टन झन्डै सात दशकपछि शिर्ष डिभिजनको रेलिगेसनमा पर्न सक्ने खतरा बढेर गएको छ

 

Leave a Reply

Next Post

युनाईटेडको ब्यबस्थापन प्रति राग्निकको ठुलो खुलासा

Mon Apr 25 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लगातार खराब प्रदर्शनका कारण आलोचना खेपीरहेको म्यानचेष्टर युनाइटेडको ड्रेसिंग रुमबाट ठुला खुलासा भएका छन्। जसमा अन्तरिम प्रशिक्षक राल्फ राग्निकले आफ्ना निजि स्रोतलाई युनाईटेडको कमजोरीका बारे खुलेर बोलेको पाइएको छ। यसअघि पनि युनाईटेडका कुराहरु आफ्नै खेलाडीले लिक भइरहेको बारम्बार संचार माध्यममा आउने गरेको थियो। राल्फले निजी रूपमा […]
%d bloggers like this: