लिभरपुल कथा: क्लपले आँफु संगै भित्र्याएको दृढता

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| प्रिमियर लिगको सुरुवात सँगै म्यानचेस्टर युनाइटेडका प्रबन्धक सर एलेक्स फर्गुसनले घरेलु फुटबलमा बेग्लै दबदबा कायम गरे।

आफूसँगको चिरप्रतिद्वन्द्वी लिभरपुललाई शिर्ष डिभिजनमा प्रतिस्थापन गर्न उनको कार्य निकै उल्लेखनीय मान्नुपर्छ।

लिभरपुललाई उसको प्रतिष्ठाबाट विस्थापित गराउँदै म्यानचेष्टर युनाइटेडलाई उक्त स्थानमा पुर्याउनु, सर एलेक्सको हुंकार थियो। 

यस बिचमा किर्तिमानी अठारौ पटक शिर्ष डिभिजन जितेको लिभरपुलले पुनः अर्को पटक च्याम्पियन बन्न झण्डै तीन दशक कुरेको थियो।

युरोपियन फुटबलमै एक समय दबदबा बनाएर झण्डै तीन दशकसम्म शीर्ष लिग जित्न नसक्नुको पिडा लिभरपुललाई नै मात्र थाहा छ।

तर जर्मन प्रशिक्षक क्लोपले आफ्नो आगमनसँगै लिभरपुलले गुमाएको प्रतिष्ठालाई दृढतापूर्वक फेरि युरोप तथा इङ्लिस फुटबलमा फर्काउदैछन्।

आफ्नो व्यवस्थापकीय शैलि र रणनीतिका कारण सुप्रसिद्ध बनेका क्लोपको यात्रा भने सहज थिएन। 

पहिलो दुई सिजनमा उनको टोलीको प्रदर्शन हेर्दा क्लोपले फेरी लिभरपुललाई पुरानै धारमा फर्काउन सक्छन भन्ने निकै थोरैमा बिश्वास थियो।

मिड टेबलमा सिजन सक्दा होस या युरोपा लिगको फाइनलमा उपबीजेतामा सीमित ,सिटि बिरुद्ध एक अंकले लिग गुमाउदा होस या रियल विरुद्ध च्याम्पियन्स लिगको हार होस् टोलिले हार मानेन

सबै हार प्रेरणाका स्रोत भए जसले अहिले लिभरपुललाई युरोपकै उत्कृस्ट टोलि मध्येको एक बनाएको छ।

तर झण्डै ७ वर्ष लिभरपुल बसाइको क्रममा अहिलेको स्थिति भने फरक छ। 

उनकै नेतृत्वमा लिभरपुलले युरोपेली च्याम्पियन बन्ने अवसर जुराईसकेको छ भने १९ औं पटकको लिग उपाधि पनि हासिल गरिसकेको छ। 

यस सिजन म्यानचेस्टर सिटी विरुद्ध केवल १ अंकको दुरीमा रहेको लिभरपुल, युनाइटेडसँग किर्तिमानि २० औं पटक उपाधि बराबर गर्न निकै संघर्षरत छ।

चुनौती बाबजुद घरेलु प्रतियोगितामा एफए कप र लिग उपाधिमा बलियो नजर बनाएको लिभरपुललाई अन्य ट्रफीमा आफ्नो नाम लेखाउने सुनौलो अवसर रहेको छ।

शनिबार राति सिटीलाई एफए कपमा पनि पराजित गर्दै एक दशकपछि फाइनलमा स्थान बनाएको रेड्सले यस सिजन लिग कपको उपाधि जितिसकेको छ।

लिभरपुल अहिले घरेलु फुटबलमा मात्र नभई युरोपियन फुटबलको प्रदर्शन पनि निकै दमदार रहेको छ। 

पछिल्लो ४ सिजनमा लगातार प्रतियोगितामा दाबी गर्दै आइरहेको रेड्सले दुई पटक फाइनल खेल्दा एकमा पराजय बेहोर्यो भने अर्को पटक च्याम्पियन बनेको थियो।

यसपटकको च्याम्पियन्स लिगमा पनि लिभरपुल सेमिफाइनलमा पुगिसकेको छ भने प्रतियोगिताको प्रमुख दावेदार मध्येको एक हो।

क्लोपले लिभरपुलमा भित्र्याएको संस्कारको गाथा आधुनिक फुटबलमा सर्वश्रेष्ठ कार्य मध्येको एक हो जसको चर्चा आगामी पिढीले गुनगुनाउँनै पर्छ

Leave a Reply

Next Post

ट्रान्सफर चहलपहल: हालान्डको दुबिधा, फुल ब्याक खोज्दै जाभि

Sun Apr 17 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको अन्त्य नजिकिए संगै क्लबहरुले खेलाडीका लागि चहलपहल बढाएका छन्। चेल्सीले वेस्ट ह्यामका मिडफिल्डर डेक्लान राइसलाई अनुबन्ध गर्न उत्सुकता देखाएको छ। हाल क्रिस्टल प्यालेसमा लोनमा रहेको कोनोर गालाघरसँग नयाँ मिडफिल्डमा उतार्ने चेल्सीको रणनिती रहेको छ। म्यानचेस्टर युनाइटेडले रिजर्भ गोलकिपर डीन हेन्डरसनका लागि कम्तिमा पनि ४० मिलियन […]
%d bloggers like this: