लिभरपुललाई यस सिजन असाधारण सफलताको अवसर

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलले आफ्नो महत्वपूर्ण दौरमा म्यानचेस्टर सिटि बिरुद्ध सम्भवतः सबैभन्दा ऐतिहासिक खेल खेल्दैछ।

हाल म्यानचेस्टर युनाईटेडले रचेको किर्तिमानी २० औं पटकको लिग उपाधि बराबरी गर्ने दाउमा रहेको लिभरपुल सिटीभन्दा केवल एक अंकले पछि रहेको छ। 

आइतबार म्यानचेष्टर सिटी विरुद्धको खेलमा यदि जित निकालेको खण्डमा लिभरपुल यस सिजनको महत्वपूर्ण घडीमा शिर्ष स्थानमा उक्लने राम्रो मौका रहेको छ। 

लिगमा ८ खेल बाँकी रहँदा १ अंकले पछि रहेको लिभरपुलले यदि सिटि विरुद्धको खेल आफ्नो पक्षमा पारेको स्थिति सहज देखिन्छ।

जारि आक्रामक फर्ममा उसका लागि लिगमा आउने अन्य खेलहरु भन्दा सिटि विरुद्धको खेल निकै गाह्रो देखिन्छ।

प्रतिष्ठा र सफलता दुवै पक्षले लिभरपुललाई सिटि विरुद्धको खेल जित्नका लागि थप आत्मविश्वासी बनाइरहँदा थप कीर्तिमानी अवस्थाहरु सिर्जना हुनसक्छन्। 

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पनि सुख नतिजा निकालेर लगभग सेमिफाइनलको टिकट कटाईसकेको लिभरपुलले एफए कप मा पनि आफ्नो यात्रा जारी राखेको छ भने अर्को घरेलु ट्रफी लिग कप जितिसकेको छ।

इंग्लिस टिममा महादेशीय ट्रेबल जित्ने रेकर्ड म्यान्चेस्टर युनाइटेडको नाममा मात्र रहेको छ। 

म्यानचेष्टर सिटीले यसअघि घरेलु प्रतियोगिताहरुमा शीर्ष चार ट्रफी एकै सिजनमा आफ्नो नाममा लेखाए पनि च्याम्पियन्स लिग भने जित्न सकेको थिएन। 

यस सिजन लिभरपुललाई शीर्ष छ वटै उपाधि जित्न सक्ने राम्रो अवसर रहेको छ जुन रेकर्ड १२ वर्ष अगाडि बार्सिलोनाले बनाएको थियो।

रेड्स जनवरीमा सिटि भन्दा १४ अंकले पछाडि थियो, तर तिनीहरूले प्रिमियर लिगका लिडरहरूसँगको अन्तरलाई घटाउन हार नखाई ११ खेलमा अपराजित रहेका छन्। 

जसमध्ये लगातार १० जित दर्ता गर्दै, अन्तिम १० खेलहरूमा ८ क्लिन सिट राखेका छन्।

म्यानचेस्टर सिटीसँग खेलेपछि लिभरपुलले म्यानचेस्टर युनाइटेड , एभर्टन र टोटनह्याम हटस्परसँग पनि खेल्नेछ।

सिटि संगको खेल पश्चात खेलिने टोलीहरुको फर्म खासै राम्रो नभएका कारण लिभरपुललाई उक्त खेलहरु जित खासै मुश्किल नहोला।

तर कीर्तिमानी २० औं पटकको उपाधि बराबर गर्ने लिभरपुललाई यो भन्दा राम्रो अवसर अर्को पटक नजुर्ला।

 

 

Leave a Reply

Next Post

म्यानचेस्टर सिटि र फेयर प्लेको मुद्दा जटिल बन्दै

Fri Apr 8 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटी तिन बर्ष यता अवैध भुक्तानी, प्रायोजन सम्झौता र लुकेको तलबको बिषयमा अनुसन्धानमा रहेको कुरा बाहिरिएको छ। प्रिमियर लिगले आर्थिक अनियमितताको दायरामा राख्दै तिन बर्ष यता उनीहरुलाई निगरानी गरिरहेको बताईएको छ। जर्मन पत्रिका डेर स्पेगलले युरोपियन अनुसन्धान सहकार्य संग मिलेर आँफैले खोज अनुसन्धान गरेपछि रिपोर्ट […]
%d bloggers like this: