लिभरपुलले हारको परिपूर्ति गर्न सक्ला? कस्तो छ लिगको अवस्था?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इङलिस प्रिमियर लिग अन्तर्गत बुधबार बेलुकी किंग पावर स्टेडियममा हार बेहोरे सँगै लिभरपुललाई लिग अभियानमा गम्भीर धक्का लागेको छ।

अघिल्लो खेलमा म्यानचेष्टर सिटीको हातबाट तितो पराजय भोगेको लेस्टर सिटीले, घरेलु मैदानमा लिभरपुललाई पराजित गर्दै आफ्ना समर्थकलाई भने सान्त्वना दिन सफल भएको छ।

म्यानचेष्टर सिटी संग लिगमा कडा प्रतिस्पर्धा गरिरहेको लिभरपुलले हार बेहोरे सँगै, सिटीले लिभरपुल विरुद्ध ६ अङ्कको अग्रता लिएको छ।

अहिले इंग्लिस प्रिमियर लिगमा लिग उपाधिका लागि म्यान्चेस्टर सिटी, लिभरपुल र चेल्सी कडा प्रतिस्पर्धा गरिरहेका छन्।

पहिलो स्थानमा रहेको म्यानचेष्टर सिटीले १९ खेल खेल्दा ४७ अङ्क बोकेको छ भने लिभरपुल र चेल्सी समानको खेल खेल्दै समान ४१ अङ्क जोडेर दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

अहिलेको वर्तमान अवस्थामा सिटी आक्रमक फर्ममा रहेको हुँदा तत्कालै उसले अङ्क गुमाउन सक्ने अवस्था रहेको छैन। पछिल्ला पाँच खेलमा शतप्रतिशत जीत निकालेको म्यानचेष्टर सिटीको अर्को खेल चौथो स्थानमा रहेको आर्सनलविरुद्ध रहेको छ।

पछिल्ला ४ खेलमा लगातार ४ जित निकाल्दै चौथौ स्थानमा उक्लेको आर्सनल विरुद्ध निकै प्रतिस्पर्धात्मक खेल हुने भएतापनि म्यानचेष्टर सिटीले खेल आफ्नो पक्षमा पार्ने देखिन्छ।

लिभरपुलले भने आफूसँगै प्रतिस्पर्धा गरिरहेको अर्को प्रतिद्वन्द्वी चेल्सीविरुद्ध उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। युरोपेली च्याम्पियन्स लिगको विजेता बनेपछि घरेलु लिगमा पनि सुरुवाती चरणमा उत्कृष्ट लय समातेको चेल्सीको केही सातायता भने नतिजा राम्रो हुन सकेको छैन।

मिश्रित नतिजाबाट गुज्रिरहेको चेल्सीलाई लिभरपुल विरुद्ध जित निकाल्न सकेको खण्डमा म्यानचेस्टर सिटी विरुद्ध अङ्क घटाउने राम्रो मौका हुन सक्छ।

तर किर्तिमानी २०औं लिग उपाधि बराबरी गर्ने लक्ष्य सहित अघि बढेको लिभरपुलको टोलीले फेरि एकपटक अङ्क गुमाउन पुगेको खण्डमा, उपाधि यात्रा निकै कठिन हुने देखिन्छ।

चेल्सीविरुद्ध खेलपछि लिभरपुलले लिगमा मध्य स्थानमा रहेका टोली सँग प्रतिस्पर्धा गर्ने भएको हुँदा, चेल्सीविरुद्ध ३ अङ्क प्राप्त गर्ने मनस्थितिका साथ मैदानमा उत्रने देखिन्छ।

अर्कोतर्फ म्यानचेष्टर सिटीले भने सजिलै अङ्क गुमाउने स्थिति देखिँदैन। नयाँ वर्षका दिन आर्सनल विरुद्ध प्रतिस्पर्धा गरेपछि सिटीले अर्को खेलमा चेल्सी लाइ घरेलु मैदानमा आतिथ्यता गर्दैछ।

सरसर्ती हेर्दा तेस्रो स्थानमा रहेको चेल्सीलाई आगामी दुई खेल निकै कठिन हुने देखिन्छ। एकसमय पहिलो स्थानमा बसेर चार अंकको स्पष्ट अग्रता लिएको चेल्सी अहिले तेस्रो स्थानमा झरिसकेको छ भने अबका दुई कठिन खेलमा थप हङकङ गुमाउन पुगे मा उसको तेस्रो स्थान पनि धर्मर देखिन्छ।

Leave a Reply

Next Post

किलियन एम्बाप्पेले पिएसजी नछाड्ने पक्का

Wed Dec 29 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| केलियन एमबाप्पेले आउँदो जनवरी ट्रान्सफरमा रियल म्याड्रिडमा नजाने स्पष्ट पारेका छन्। पेरिस संग किलियनको सम्झौता आउदो समरमा समाप्त हुँदैछ, तर उनले अब पेरिसमा त्यो भन्दा अगाडि नबढ्ने सोचेका छन् र नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन्। विन्टरमा रियल नगए पनि समरमा जान सक्ने सम्भावना भने प्रबल मानिएको […]
%d bloggers like this: