लिभरपुलसँग लज्जास्पद हार व्यहोरेपछि माफी माग्दै क्रिष्टियानो रोनाल्डो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिष्टियानो रोनाल्डोले आइतवार लिभरपुलसँग ५-० ले पराजित भएपछि आफ्नो म्यानचेस्टर युनाइटेड टोली र समर्थकहरूलाई सामाजिक संजालमा सम्बोधन गरेका छन्।

म्यानचेस्टरको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा ५-० गोलले हराउदै म्यान्चेस्टरको हालैको खराब फर्ममा अर्को चोट दिएको छ।

खेलको पहिलो मिनेट देखिनै म्यानचेस्टर लाई दवावमा राखेको पाहुना टोलीले कमजोर रक्षात्मक लाइनको मिठो फाइदा उठाएको थियो।

नाबी केइटा र डिओगो जोटाको गोलमा मोहम्मद सलाहले हाफ टाइम अघि दुई गोल गर्दै ब्रेकमा लिभरपुललाई ४-० को अग्रता दिलाए भने दोस्रो हाफको पाँच मिनेटमै ह्याट्रिक पूरा गरे।

युनाइटेडका वैकल्पिक खेलाडी पॉल पोग्बाले केइटालाई भयानक ट्याकल गरेपछि रेफ्रीले रातो कार्ड देखाउदै उनलाई पिचबाट बिदा गरिदिए।

रोनाल्डोको एक गोल भिडियो रेफ्रीले अफ्साइड घोषणा गरेको थियो भने कर्टिस जोन्सलाई लाजमर्दो किक आउटको लागि रातो कार्ड नपाउनु पनि भाग्यशाली थियो। तर उनले आइतवार साँझ सोशल मिडियामा पोस्ट गर्दै, युनाइटेड फ्यानहरूलाई उनीहरूको समर्थनको लागि धन्यवाद भने दिन भ्याए।

“कहिलेकाँही नतिजा जसको लागि हामी लड्छौं त्यो हुँदैन। कहिलेकाँही स्कोर हामीले चाहेको हुँदैन। र यो हामीमा मात्र हो, हामी मै मात्र हो, किनकि यसमा दोष दिने अरू कोही छैन,” उनले इन्स्टाग्रामको पोस्टमा लेखेका छन्।

“हाम्रा प्रशंसकहरु, एक पटक फेरी, उनीहरुको निरन्तर समर्थनमा आश्चर्यजनक थिए। उनीहरु यो भन्दा राम्रो को लायक छन्, धेरै राम्रोको हकदार छन् र हामीले उनीहरुलाई त्यो खुसि प्रदान गर्नको जरुरि छ। अब समय आएको छ!” उनले थपे।

एकपछि अर्को गरेर नतिजा लगातार गुमाईरहेको म्यानचेस्टर युनाईटेडको अर्को खेल प्रिमियर लिगमा टोटेन्हम विरुद्ध आगामी शनिबार हटस्पर्सको घरेलु मैदानमा हुदैछ।

Leave a Reply

Next Post

एफसी यु-२३ छनौट: नेपाली यु-२३ राष्ट्रिय टोलीले आज इरानको सामना गर्दै

Mon Oct 25 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी यु-२३ एसियन कप छनौट चरणमा आज नेपालले बलियो प्रतिद्वन्दी इरानको सामना गर्दैछ। समूह बी मा रहेको नेपालले पामिर रंगशालामा आज दिउँसो इरानको यु-२३ टोली सँग प्रतिष्पर्धा गर्नेछ। नेपाली टोलीले अहिले सम्म छनौट चरण पार गरेको अवस्था भने छैन तर टोलीबाट सकारत्मक नतिजा निकाल्ने लक्ष्य रहेको […]
%d bloggers like this: